२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका सांसदको सुझाव: ‘उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याऊ’

२०७६, २२ जेष्ठ बुधबार १३:५६

दलसिंह गिरी | जेठ २२, सुर्खेत | कर्णाली प्रदेशका सांसदहरुले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारले देखेको कर्णाली समृद्धिको सपना साकारको लागि कर्णाली प्रदेशबाट संघीय तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरु संगको राए–सुझाव संकलन कार्यक्रममा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।,

कर्णाली सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलले आगामी नीति तथा कार्यक्रम र बजेटबारे कर्णालीका सांसदहरुसंग मंगलबार लिएको सुझाव संकलनमा सांसदहरुले अबको १० बर्ष भित्रै समृद्ध कर्णाली देखिने खालको नीति तथा कार्यक्रम र बजेट बनाउन सरकारलाई सुझाव दिएका छन् । यसका लागि सरकारले उत्पादन तथा रोजगारमुखी कार्यक्रमलाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन् ।

सुझाव संकलन कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेश सरकारको विज्ञ समूह संयोजक जनार्दन शर्मा ‘प्रभाकर’ले ‘जनताले प्रत्यक्ष अनुभुती गर्ने र जनताको जीवनस्तर बदल्ने खालको नीति तथा कार्यक्रम बनाउन अनिवार्य आवश्यकता रहेको बताएका छन् । ‘कागजी प्रगतिगत तथ्याङ्क देखाएर कर्णाली समृद्ध हुन नसक्ने भन्दै शर्माले यस्तो बताएका हुन् ।

यस्तै राष्ट्रियसभा सांसद जीवन बुढाले कर्णाली प्रदेश सरकारले अब नतिजामखी कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् । प्रदेश सरकार संचालनको १ बर्षमा सरकारले कुनै अपेक्षाकृत नतिजा देखाउन नसकेको भन्दै बुढाले यसमा जोड दिएका हुन् । यसैगरी प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले एउटा मात्रै भए पनि प्रदेशको दीर्घकालीन आयस्रोत जुट्ने खालको बहुआयामिक योजना अगाडी ल्याउनु पर्ने बताएका छन् ।


राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीले समृद्ध कर्णाली निर्माणका लागि आयोग तयार रहेको बताउदै योजना निर्माण तथा कार्यान्वयनका लागि प्रदेश योजना आयोगको कार्यक्षमता अभिवृद्धि गर्न सरकारले बिशेष ध्यान दिनुपर्ने बताएका छन् । 

यस्तै कर्णालीका सांसदहरुले दिएको सुझावलाई हृदयगम गर्दै आगामी १० बर्षमा समृद्ध कर्णाली देखिने खालको नीति तथा कार्यक्रमको मोडालिटी अगाडी ल्याउने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । सबै सकरात्मक सुझावका आधारमा सरकारले कार्यान्वयनमुखी योजना बनाउन लागेको शाहीले बताए । ‘विगत १ बर्ष कानुन, संरचना र प्रयाप्त कर्मचारी अभावका कारण अपेक्षाकृत प्रगति देखाउन नसके पनि ‘अबको नीति कार्यक्रममा जलविद्युत, पर्यटन, कृषि, खनिज, जडिबुटी तथा स्थानीय स्रोत परिचालन गर्ने गरी परिणाममुखी योजना बनाउने छौ’ शाहीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !