२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसभित्रै ‘किस’ गर्न नमानेपछि युवाहरुद्वारा आक्रमण

२०७६, २५ जेष्ठ शनिबार १७:३०

जेठ २५, लण्डन | संसारकै विकसित र व्यस्त सहरमध्ये पर्ने बेलायतको लण्डनमै सार्वजनिक बसभित्र तेस्रोलिंगी जोडीमाथि हमला भएको छ ।

लेस्बियन एक जोडीले पुरुषलाई किस गर्न तयार नभएपछि उनीहरुमाथि हमला भएको हो । मेलानिया जियोमोनाटले आफू र आफ्नी प्रेमिका क्रिस आक्रमणपछि रगताम्मे भएको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

उनीहरु डेटिङबाट रात्री बसमा घर फर्कँदै गर्दा पुरुषहरुको समूहले सांघातिक हमला गरेको कुरा पिंक न्युज नामको अनलाईनले समाचार अपडेट गरेको छ । उनीहरु उक्त स्थानमा पर्खेर बसिरहेका थिए वा पछ्याउँदैआए भन्नेबारे आफू प्रष्ट नभएको जियोमोनाटले बताइन् । ‘युवाहरुको समूहले हामीलाई किस गर्न र रोमान्स गर्न आग्रह गरे । त्यसपछि यौन आशनबारे व्याख्या गर्दै लेस्बियन भनेर हामीलाई दुव्र्यवहार गर्न थाले,’ जियोमोनाटले बताइन् ।


चारजनाको समूहले आक्रमण गरेपछि उक्त तेस्रोलिंगी जोडीको अनुहार रगताम्मे थियो । यसपछि उनीहरुले यौनहिंसाको शिकार हुँदैआएको भन्दै फेसबुकमै लेखेका थिए । महानगरीय प्रहरीका अनुसार उनीहरु दुवैलाई अस्पताल लगिएको छ । साथै घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु