२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आलु खेतीबाट आम्दानी

२०७६, २७ जेष्ठ सोमबार १०:३०


जेठ २७, डडेल्धुरा |बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको ११ मध्ये वडा नं १, २, ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्ने गरेका छन् । 

जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । अमरगढी नगरपालिकाका साथै अन्य गाउँपालिका, भागेश्वर, अजयमेरु र गन्यापधुराका किसान पनि आलुखेतीतिर आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ ।जिल्लाको अमरगढी नगरपालिका–१ तडिवाटा, ६ दमडा र वडा नं ७ पोखराका किसानले तीनमहीने ‘कार्डिनल’ जातको आलु लगाएर राम्रो आम्दानी गर्न सफल भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अन्न बालीका लागि ६ महीना पर्खनुपर्ने बाध्यता भएको तर आलु एक वर्षमा तीन पटक लगाउँदा अपेक्षाभन्दा बढी आम्दानी हुने अमरगढी–७ का किसान वसन्तीदेवी भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “आलुखेती गरेर आम्दानी मात्र गरेका छैनौँ किसान समूहमा बचत पनि गरेका छौँ ।”

“बढी फाइदा आलु खेतीमा रहेछ, अन्नबाली लगाएर जोगाउन कठिन पनि हुने परिश्रम पनि बढी लाग्ने भएकाले आलुखेतीमा लागेका हौं”, किसान प्रिया कठायतलेभन्नुभयो । मूल बीउ रोप्ने अमरगढी–७ पोखरा आसपासका २४० घरधुरीका किसानले सोचे जस्तै उपलब्धि हासिल गरिरहेको उहाँको भनाइ थियो । जिल्लाका किसानले यो मौसममा पनि मकै लगाउन छोडेर तरकारी नै लगाउने गरेको पाइएको छ । आलु, काउली, गोलभेँडालगायत व्यावसायिक तरकारी खेतीमा पुरुषको तुलनामा महिलाको सक्रियता बढी छ । यो खेतीमा धेरै समय महिलाले दिन्छन् । कतिपय महिला किसान आफ्नो व्यक्तिगत खर्चका लागि श्रीमान् तथा अन्य परिवारको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको वसन्तीदेवी भण्डारीको अनुभव छ । अमरगढी नगरपालिकामा मात्र शरदकालीन, हिँउदे र बर्खे बालीका रुपमा आलुखेती गरिन्छ । त्यसबाट प्रत्यक्ष रुपमा मौसमी रु ५० लाख किसानले आम्दान गर्ने गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ|

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी