Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘लोकसेवामा हस्तक्षेप चाहिंदैन, नातावाद कृपावाद भित्र्याउन पाइंदैन’

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २८, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समिति विरुद्ध लोकसेवाको तयारीमा रहेका सयौं परीक्षार्थी सडकमा उत्रिएका छन्।

लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहमा पदपूर्तिका लागि विभिन्न सेवाका ९ हजार १ सय ६१ कर्मचारीको लागि विज्ञापन गरि भर्ना प्रक्रिया सुरु गरेको थियो । तर त्यस प्रक्रियालाई रोक्न संसद्को राज्य व्यवस्था समितिले सोमबार सरकार र लोकसेवालाई निर्देशन दिने निर्णय गरेको थियो। समितिको निर्णय पछि लोकसेवाको तयारीमा रहेका परीक्षार्थीहरु सडकमा नै आएर लोकसेवाको विज्ञापन रोक्न नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

राज्य व्यवस्था समितिविरुद्ध चर्को नारावाजी गर्दै माइतीघरदेखि जुलुस सहित शुरु भएको विरोध र्याली नयाँ बानेश्वरसम्म पुगेको छ । उनीहरुले लोकसेवाले शुरु गरेको भर्ना प्रक्रिया रोक्न नहुने भन्दै आवाज उठाएका छन् ।  जुलुसमा सहभागी सयौँ युवाहरुले लोक सेवाको विज्ञापन रोक्ने पक्षमा उभिएका नेकपाका सांसद जनार्दन शर्मा विरद्ध पनि चर्का नारा लगाएका छन् ।

मनपरी निर्णय गर्न पाइंदैन, राज्य व्यवस्था समिति चाहिंदैन लेखिएका प्ले कार्ड लिएर नारावाजी गरेका छन् । लोकसेवामा हस्तक्षेप चाहिंदैन, नातावाद कृपावाद भित्र्याउन पाइंदैन जस्ता नारा लगाउंदै दवाबमुलक आन्दोलन गरिरहेका छन्  ।