जेठ २८, सर्लाही । वर्षौँदेखि जीर्ण गोडैता नगरपालिकाअन्तर्गत पर्ने जयपुर– गोडैता सडकखण्ड बन्ने भएको छ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । साविक गोडैता गाविसदेखि दक्षिणतर्फ पर्ने जयपुर ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, सर्लाही । वर्षौँदेखि जीर्ण गोडैता नगरपालिकाअन्तर्गत पर्ने जयपुर– गोडैता सडकखण्ड बन्ने भएको छ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । साविक गोडैता गाविसदेखि दक्षिणतर्फ पर्ने जयपुर ग"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोडैता– जयपुर सडक बन्दै

२८ जेष्ठ २०७६, मंगलवार ११:००

जेठ २८, सर्लाही । वर्षौँदेखि जीर्ण गोडैता नगरपालिकाअन्तर्गत पर्ने जयपुर– गोडैता सडकखण्ड बन्ने भएको छ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । साविक गोडैता गाविसदेखि दक्षिणतर्फ पर्ने जयपुर गाउँसम्मको सडक वर्षौँदेखि जीर्ण थियो । 
प्रदेश नम्बर २ सरकारले छुट्टयाएको रु ३० लाखमा सडक बन्न लागेको गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिनुभयो । 
दुई किलोमिटर लामो तथा २० फिट चौडा बन्न लागेको सडकको निर्माणका लागि नगरपालिकाले सहजीकरण गरेको छ । पहिलो चरणमा माटो पुर्ने र त्यसपछि ग्राभेल हालेर ग्रेडर चलाइने उहाँले जानकारी दिनुभयो । आउने वर्ष सो सडकलाई कालोपत्रे बनाइने प्रमुख यादवले जानकारी दिनुभयो ।

पूँजीबजारमा झिनो सुधार

सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामिएको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले बढेर २७२.८६ अङ्कमा पुगेको छ । 

स्टकका अनुसार मङ्गलबार कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर रु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमात्र बढ्यो । बैंकिङ २.२६, व्यापार ७.६९, विकास बैंक ३.१७, जलविद्युत् ४.६६ र लघुवित्त ३.५८ बिन्दुले बढ्दा म्युचुअल फण्ड शून्यमा रह्यो भने होटल ५.५१, वित्त १.३, निर्जीवन बीमा ४८.३१, उत्पादन ५.१८ र जीवनबीमा १.१ बिन्दुले घटे । 

स्टकका अनुसार आज शिवम् सिमेन्टको शेयर रु तीन करोड ७८ लाख २४ हजार ५२७ मा कारोबार भई शीर्ष स्थानमा रह्यो । त्यस्तै एनआईसी एसिया रु दुई करोड ७४ लाख ५५ हजार ७४५, कृषि विकास बैंक रु दुई करोड ५९ लाख ६७ हजार २९७, नेपाल बैंक रु दुई करोड ४९ लाख ४२ हजार ८५५ र प्रभु बैंकको रु एक करोड ४५ लाख ४८ हजार ५७९ मा कारोबार भइ अग्रस्थानमा रहे । 

यसैगरी पाँचथर पावर कम्पनीका शेयर धनीले ९.५२ प्रतिशतले कमाए । खानीखोला हाइड्रोपावर ९.२३, सिनर्जी पावर डेभलपमेन्ट ७.६९, माउन्टेन हाइड्रो नेपाल लिमिटेड ७.०० र नाग्दी ग्रुप पावर लिमिटेडका शेयरधनीले ६.७२ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनीले ९.६१, व्लर्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.०५, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ४.४७, सूर्योदय लघुवित्त वित्तीय संस्था ४.४३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले ४.२७ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य