2026-09-13 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण गरेको नौ महीना नबित्दै भत्किन थाल्यो पुल

  बर्दिवास, जेठ २८ (रासस) पूर्वपश्चिम राजमार्गको रातु पुल प्रयोगमा आएको नौ महीना नबित्दै भत्कन थालेको छ । महोत्तरी र धनुषा जिल्ला जोड्ने उक्त  पुल प्रयोगमा आएको नौ महीना नबित्दै कालोपत्र (पिच) उप्केर ठूलठूला भ्वाङ परेको हो । काठमाडाँैको कालिका टू दी रसुवा जेवी कम्पनीले निर्माण गरेर गत असोजमा आवागमन खुला गराएको सो पुलमाथिको कालोपत्र उप्केर अहिले ठूलठूला भ्वाङ परेको हो । २५० मिटर  लम्बाइ र १०.९० मिटर चौडाइको यो पुलमा अहिले ५० भन्दा बढी ठूलठूला भ्वाङ परेको छ । विसं २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको यो पुल एक वर्ष चार महीनाअगावै निर्माण गरेकामा सबैले प्रशंसा गरेका थिए  तर पुल प्रयोगमा आएको नौ महीना नबित्दै धेरै भ्वाङ देखिएपछि निर्माणमा कमसल सामान प्रयोग भएको हुनसक्ने आशङ्का सर्वसाधारणमा बढेको हो ।“धमाधम काम गरेर तोकिएको अवधि अगावै पूरा गर्दा खुशी थियौँ”, पुलको महोत्तरीतर्फको बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष चुडामणि पोखरेलले भन्नुभयो, “तर आवागमन खुलेको एक वर्ष नपुग्दै धेरै खाल्डाखुल्डी भएका छन्, यसले कामको गुणस्तरमा प्रश्न उब्जाएको छ ।”नदीको पुरानो पुल बाढीले भासिदिएकाले अर्को पुल निर्माणका लागि २०७३ साल असार २९ गते उक्त कम्पनीले ठेक्का पाएको थियोे । पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खाँबा (पाया) भासिएकाले  आवतजावतमा कठिनाइ भएपछि  सरकारले रु २४ करोड ६० लाखको लागतमा नयाँ पुल निर्माणका उक्त कम्पनीको बोलपत्र स्वीकृत गरेको थियो । निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको गुनासो बढेकामा निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुङ्गेलले भने आफ्ना तर्फबाट कमसल सामान प्रयोग गरेको नभई रङ्गरोगन गर्ने बेलाको असावधानीले कालोपत्र उप्केर भ्वाङ परेको बताउनुभयो । “हामीले रातदिन नभनी गुणस्तरीय निर्माण सामग्री प्रयोग गरेर नै पुल निर्माण गरेका हौँ”, पुलको भ्वाङ हेर्न पुग्नुभएका ढुङ्गेलले भन्नुभयो, “रङ्गरोगन गर्ने फरक कम्पनीले काम गर्दा ‘थिनर’ भनिने केमिकल (पदार्थ) बढी प्रयोग गरेकाले पिच उप्केर भ्वाङ परेको हुनसक्ने र त्यसको कारण पत्ता लगाई असर पु¥याएको केमिकल सफा गरेर उपयुक्त मात्रा मिलाएर तत्काल भ्वाङ पुर्छौं ।”आइगर्डर (प्रिस्टेस) डिजाइनबाट छ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १०-१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्ने साइट इञ्चार्ज ढुङ्गेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन