२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शोक प्रस्ताव पारित

२०७६, ३१ जेष्ठ शुक्रबार ०६:४८

जेठ ३१, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

बैठकमा सभामुख कृष्णबहादुर महराले राख्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी) को तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित, पूर्वशिक्षामन्त्री एवं हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनिराम पौडेलको ५३ वर्षको उमेरमा आज बिहान चितवन माडीमा असामयिक निधन भएको थियो । 

आजको बैठकका लागि निर्धारित विनियोजन विधेयक, २०७६ को जारी छलफलअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल आगामी असार ३ गते हुने सभामुख महराले जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी असार १ गते बिहान ११ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते