पढ्न करिब 1 मिनेट लाग्छ

असार १, काठमाडौँ (एजेन्सी) | संसारकै सबैभन्दा महँगो ह्याण्डब्याग शुमार हर्मीस बिर्किनको एक ह्याण्डब्याग हो, जो झन्डै २ करोडमा लिलाम भएको छ । यो ब्यागको नाम 'द 2015 हिमालय निलोटिकस क्रोकोडाइल बिर्किन 35' राखिएको छ । लिलामी घर 'क्रिस्टी' ले यसको अनुमानित मूल्य ८८ हजार ७९३ देखि १ लाख १४ हजार १६२ डलर राखेको थियो ।

यो लिलामीसँगै यो ब्याग संसारको दोश्रो सबैभन्दा महँगो ह्याण्डब्याग बनेको छ ।

यस अघि सबै भन्दा महँगो ह्याण्डब्यागको रेकर्ड पनि यसै कम्पनीको नाममा छ । २०१८ मा "द म्याट हिमालय निलोटिकस क्रोकोडाइल बिर्किन 35' नामको ह्याण्डब्याग ३ लाख ३२२ डलरमा लिलाम भएको थियो । यो लिलाममा ४१ देशका मानिसहरुले आफ्नो बोली लगाएका थिए । यो ह्याण्ड ब्यागको नाम अभिनेता र गायक जेन बिर्किनको नाममा राखिएको हो । यो एक यस्तो ब्राण्ड हो, जो हलीउड कलाकारहरुमाझ निकै परिचित छ ।