२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेसमाथि कहीँबाट कुनै खतरा छैन : मन्त्री बाँस्कोटा

६ असार २०७६, शुक्रबार १२:४३

असार ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै सरकारले कसैलाई अप्ठेरो बनाएको छैन, प्रेसमाथि कहीँबाट पनि कुनै खतरा छैन भन्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारबाट कसैलाई पनि समाचार लेखेबापत केही भनिएको छैन, गरिएको पनि छैन, प्रेसमाथि अङ्कुश लगाउने कुरा भएको छैन ।”

आमसञ्चार माध्यमलाई ऐनमार्फत व्यवस्थित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले सञ्चार क्षेत्रमा देखिएको आन्तरिक तथा बाह्य चुनौतीले धेरै समस्या सिर्जना गरेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा आएका सकारात्मक कुरालाई सम्बोधन गरिने विश्वास दिलाउँदै लोक कल्याणकारी विज्ञापनमा कुनै विभेद नगरिएको स्पष्ट पार्नुभयो । 

 उहाँले भन्नुभयो, “प्रेस काउन्सिललाई बलियो बनाउन विधेयक ल्याइएको हो । पत्रपत्रिकाको वर्गीकरणमा पक्षपात भएको छैन । डाटा सेन्टर बनाउन मिडिया स्वतन्त्र छन् ।”

“सरकारले अघिल्लो वर्ष ७३८ टावर राख्ने भनेकामा अहिलेसम्म आइपुग्दा ७२६ वटा टावर राखिएको छ, फोर जीसहित नौ वटा परियोजना सञ्चालनमा रहेकामा फोर जी साइडको करीब ९८ प्रतिशत टुङ्गो लागेको छ”, मन्त्री बास्कोटाले भन्नुभयो ।

उहाँले फोर जीका लागि करीब चार हजार एक सय वटा टावर थपिनेछ । त्यसपछि हामीसँग करीब १० हजार टावर पुग्ने र पूर्वाधार निर्माणमा फड्को मार्ने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले मध्यपहाडी लोकमार्गको अप्टिकल फाइभरको काम शुरु भएको, डाटा रिकभरी सेन्टर पनि सञ्चालनमा आइसकेको, टुजी र थ्रिजी अपडेट भइरहेको, फाइभजी परियोजना विराटनगर, काठमाडौँ, नेपालगञ्ज, पोखरामा परीक्षण भइरहेको जानकारी गराउनुभयो ।

“स्याटलाइटको प्रक्रिया अघि बढिसकेको छ, सुरक्षित मुद्रणको पनि प्रक्रिया शुरु भएको छ । इन्टरनेट जडान गर्दा लाग्ने शुल्कमा छुट दिने कुरा भएको छ । हालसम्म ३१८ वटा स्थानीय तहको एक हजार ५७४ कार्यालयमा ब्रोडव्याण्ड नेटवर्क स्थापना गरिसकेका छौ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले एक हजार वटा सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने कार्यक्रम अघि बढाएको उल्लेख गर्दै त्यसका लागि सात वटै प्रदेशमा नमूना स्कूल स्थापना प्रक्रियाको पोखराबाट शुरु भएको बताउनुभयो । 

“हुलाकमा हामीले  नराम्रोसँग घाटामा छौँ, आधुनिकतर्फ लैजान प्राधिकरणतर्फ जाने कोसिसमा छौँ, आउने वर्षमा अघि बढाउनेछौँ”, उहाँले भन्नुभयो, “विज्ञापनमार्फत राजनीतिक दलको निर्वाचन प्रचार गर्न नपाउने नीतिगत व्यवस्था गरिएको छ ।”

मन्त्री बाँस्कोटाले भन्नुभयो, “विज्ञापनमा नागरिकको स्वास्थ्यको विषयमा चेतावनी र कडाइ गरिएको छ, श्रमजीवीलाई पारीश्रम लागू गर्ने विषयमा सरकारले निर्णय गरेको छ तर लागू गर्ने विषयमा समस्या उत्पन्न भएको छ, यसमा सबैको सहयोग आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह