२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेसमाथि कहीँबाट कुनै खतरा छैन : मन्त्री बाँस्कोटा

२०७६, ६ असार शुक्रबार १२:४३

असार ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै सरकारले कसैलाई अप्ठेरो बनाएको छैन, प्रेसमाथि कहीँबाट पनि कुनै खतरा छैन भन्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारबाट कसैलाई पनि समाचार लेखेबापत केही भनिएको छैन, गरिएको पनि छैन, प्रेसमाथि अङ्कुश लगाउने कुरा भएको छैन ।”

आमसञ्चार माध्यमलाई ऐनमार्फत व्यवस्थित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले सञ्चार क्षेत्रमा देखिएको आन्तरिक तथा बाह्य चुनौतीले धेरै समस्या सिर्जना गरेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा आएका सकारात्मक कुरालाई सम्बोधन गरिने विश्वास दिलाउँदै लोक कल्याणकारी विज्ञापनमा कुनै विभेद नगरिएको स्पष्ट पार्नुभयो । 

 उहाँले भन्नुभयो, “प्रेस काउन्सिललाई बलियो बनाउन विधेयक ल्याइएको हो । पत्रपत्रिकाको वर्गीकरणमा पक्षपात भएको छैन । डाटा सेन्टर बनाउन मिडिया स्वतन्त्र छन् ।”

“सरकारले अघिल्लो वर्ष ७३८ टावर राख्ने भनेकामा अहिलेसम्म आइपुग्दा ७२६ वटा टावर राखिएको छ, फोर जीसहित नौ वटा परियोजना सञ्चालनमा रहेकामा फोर जी साइडको करीब ९८ प्रतिशत टुङ्गो लागेको छ”, मन्त्री बास्कोटाले भन्नुभयो ।

उहाँले फोर जीका लागि करीब चार हजार एक सय वटा टावर थपिनेछ । त्यसपछि हामीसँग करीब १० हजार टावर पुग्ने र पूर्वाधार निर्माणमा फड्को मार्ने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले मध्यपहाडी लोकमार्गको अप्टिकल फाइभरको काम शुरु भएको, डाटा रिकभरी सेन्टर पनि सञ्चालनमा आइसकेको, टुजी र थ्रिजी अपडेट भइरहेको, फाइभजी परियोजना विराटनगर, काठमाडौँ, नेपालगञ्ज, पोखरामा परीक्षण भइरहेको जानकारी गराउनुभयो ।

“स्याटलाइटको प्रक्रिया अघि बढिसकेको छ, सुरक्षित मुद्रणको पनि प्रक्रिया शुरु भएको छ । इन्टरनेट जडान गर्दा लाग्ने शुल्कमा छुट दिने कुरा भएको छ । हालसम्म ३१८ वटा स्थानीय तहको एक हजार ५७४ कार्यालयमा ब्रोडव्याण्ड नेटवर्क स्थापना गरिसकेका छौ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले एक हजार वटा सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने कार्यक्रम अघि बढाएको उल्लेख गर्दै त्यसका लागि सात वटै प्रदेशमा नमूना स्कूल स्थापना प्रक्रियाको पोखराबाट शुरु भएको बताउनुभयो । 

“हुलाकमा हामीले  नराम्रोसँग घाटामा छौँ, आधुनिकतर्फ लैजान प्राधिकरणतर्फ जाने कोसिसमा छौँ, आउने वर्षमा अघि बढाउनेछौँ”, उहाँले भन्नुभयो, “विज्ञापनमार्फत राजनीतिक दलको निर्वाचन प्रचार गर्न नपाउने नीतिगत व्यवस्था गरिएको छ ।”

मन्त्री बाँस्कोटाले भन्नुभयो, “विज्ञापनमा नागरिकको स्वास्थ्यको विषयमा चेतावनी र कडाइ गरिएको छ, श्रमजीवीलाई पारीश्रम लागू गर्ने विषयमा सरकारले निर्णय गरेको छ तर लागू गर्ने विषयमा समस्या उत्पन्न भएको छ, यसमा सबैको सहयोग आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह