२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुला: हरेक घरमा धारा निर्माण

८ असार २०७६, आईतवार १३:०८

 नरेन्द्रसिंह कार्की,  असार  ८, दार्चुला । स् अपि हिमाल गाउँपालिका–५ का लुम्थी र साउगन्ना गाउँमा एक घर एक खानेपानीका धारा निर्माण गरिएको छ । वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका उक्त गाउँका स्थानीयवासीका लागि घरघरमा खानेपानीका धारा निर्माण गरिएको हो ।

दुवै गाउँमा गरी एक सय पाँच घरमा खानेपानीका धारा तथा भाँडा सुकाउने चाङ निर्माण गरिएका छन् । लुम्थीपन्यार खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयभानसिंह धामीका अनुसार हरेक घरअगाडि खानेपानीका धारामा भाँडा सफा गरेपछि त्यही चाङमा सुकाउने व्यवस्था गरिएको छ । 

उहाँले भन्नुभयो, “बस्ती पूरै सफाइ हँुदै गएको छ, हरेक घरमा खानेपानीका धारा बनाइएपछि धारा तथा सरसफाइमा ध्यान दिइएको छ, साउगन्नामा बस्तीको नाम नै परिवर्तन गरी फूलबारी टोल कायम गरिएको छ, हिँड्न बाटो वरिपरि फूल रोपिएका छन् र धाराबाट गएको पानी तरकारीबारीमा लगाइएको छ ।” 

पानीको बहुउपयोग गरिएको उहाँले बताउनुभयो । विगतमा आधा घण्टा लगाएर टाढाको पानी बोक्न जानुपर्ने बाध्यता हटेको स्थानीयवासी निर्मला ठगुन्नाले बताउनुभयो । “अहिले आफ्नै घरआँगनमा व्यक्तिगत रुपमा धारा बनेपछि सबै खुशी छौँ, कहिल्यै यस्तो धारा गाउँमा आउँला सोचेका थएिनौँ”, उहाँले भन्नुभयो । 

लुम्थी बस्तीमा ४८ व्यक्तिगत र दुईवटा सार्वजनिक स्थानमा खानेपानी धारा निर्माण गरिएका छन् । लुम्थीमा खानेपानीका धारा निर्माणका लागि जलस्रोत विकास कोषबाट रु २१ लाख ५४ हजार, नेपाल सरकारबाट रु सात लाख ७४ हजार, फिनल्याण्ड सरकारबाट रु आठ लाख पाँच हजार र अपि हिमाल गाउँपालिकाको रु पाँच लाख ७४ हजार लागतमा खानेपानी योजना बनेको बताइएको छ । उक्त योजनामा जनश्रमदानबापत रु सात लाख १८ हजार खर्च लागेको छ ।

यस्तै सौगन्नामा तिम्ला चौलानी खानेपानी योजनाअन्तर्गत ५३ व्यक्तिगत र दुई वटा सार्वजनिक स्थानमा खानेपानी धारा निर्माण गरिएका छन् । त्यसमा नेपाल सरकारको रु १३ लाख १४ हजार, फिनल्याण्ड सरकारको रु १३ लाख ६८ हजार, गाउँपालिकाको रु नौ लाख ७५ हजार र जनश्रमदानबाट रु १२ लाख १९ हजार लागतमा योजना निर्माण सम्पन्न गरिएको छ । 

विगतमा मकै, गहुँ मात्रै लगाउने किसानले तरकारी, फलफूल जस्ता नगदेबाली लगाउन थालेका छन् । जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले हरेक काममा महिलालाई समस्या हुने गरेको अहिलेको अवस्थामा अपि हिमालका बासिन्दाका लागि खुशी दिन शुरु गरिएको बताउनुभयो । विकट बस्तीमा पुगेर शहरको भन्दा राम्रा धारा बनेको उहाँले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले चुनावको बेला जनतासँग गरेका वाचा पूरा हुँदै गएको बताउनुभयो । “स्थानीय चुनाव आउँदा यहाँ खानेपानीको निकै समस्या थियो, खानेपानीकै समस्या देखेर ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना आएपछि पहिलो प्राथमिकतामा लुम्थी र साउगन्ना गाउँमा नमूनाका रुपमा खानेपानी योजना सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

सहयोगी संस्था समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले छोटो समयमै वडा नं ५ का दुई गाउँका घर–घरमा खानेपानी पुगेकामा खुशी व्यक्त गर्नुभयो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला जलस्रोत सल्लाहकार लवराज पन्तले स्थानीय सरकारको प्राथमिकताअनुसार खानेपानी पहिलो चरणमा निर्माण गरिएको बताउनुभयो । निकट भविष्यमै वडा नं ३ र ४ का बस्ती समेट्ने गरी बृहत् कुरुमल खानेपानी योजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान