२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाँगुनारायणको बजेट रु ९६ करोड

८ असार २०७६, आईतवार १६:०३

असार ८, भक्तपुर (रासस) | चाँगुनारायण नगरपालिकाको पाँचौं नगरसभामा आजदेखि शुरु भएको छ । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरसभाको शुभारम्भ गर्नुभयो । 

नगरसभामा उपप्रमुख विना बाँस्तोलाले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष उज्यालो चाँगुनारायण बनाउन नगरका मुख्य सडकमा विद्युतीय सडक बत्ती जडान गरिने बताउनुभयो । 

नगरपालिकाले आव २०७६/७७ का लागि रु ९६ करोड २८ लाख ७९ हजारको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ रु १९ करोड ८२ लाख ८८ हजार, पूँजीगततर्फ रु ३६ करोड २० लाख, सःशर्त अनुदानतर्फ रु ३५ करोड २५ लाख ९१ हजार तथा प्रदेश सरकारको खर्च रु पाँच करोडको बजेट सार्वजनिक गरिएको हो । 

सङ्घीय सरकारवाट वित्तीय समानीकरण रु १५ करोड ८६ लाख, सःशर्त अनुदान रु ३१ करोड, राजश्व बाँडफाँट रु आठ करोड २५ लाख, राजश्व आम्दानी रु १६ करोड ७८ लाख ३६ हजार, अघिल्लो आवको मौज्दात रु तीन करोड, सामाजिक सुरक्षा रु आठ करोड, प्रदेश सरकारबाट वित्तीय समानीकरण रु ८७ लाख ४३ हजार, सःशर्त अनुदान रु चार करोड २२ लाख ९१ हजार र प्रदेश सरकारबाट राजश्व बाँडफाँट रु दुई करोडको बजेट सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य