2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनगढी उपमहानगरको बजेट एक अर्ब ५८ करोड

असार ८, कैलाली | सुधारिएका सडक निर्माण, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्राथमिकता दिँदै धनगढी उपमहानगरपालिकाको नगरसभामा आगामी आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति, कार्यक्रम र बजेट पेश गरिएको छ ।

आज बसेको नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले रु एक अर्ब ४८ करोड चार लाख ४८ हजारको बजेटसहितको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालूतर्फ रु ७६ करोड ३६ लाख ४२ हजार तथा पूँजीगततर्फ रु ८१ करोड ६८ लाख पाँच हजार रहेको छ । उपमहानगरपालिकामा कार्यान्वयन गरिने अनुदानतर्फको रु ५७ करोड ४२ लाख आगामी बजेटमा नसमेटिएको नगरसभा अध्यक्ष एवम् धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताउनुभयो । 

यस पटक अनुदानतर्फको रकम नगरको बजेटमा समावेश नगर्ने परिपत्र आएको छ । यसअघि अनुदानको अनुमानित रकमलाई पनि बजेटमै जोडेर राखिने गरिएको थियो । नीति कार्यक्रममा शिक्षामा गुणात्मक सुधार ल्याउने, स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधि तथा सञ्चारमा विकास, उद्यम र सहकारिताको विकास, मानव संसाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धन, सामुदायिक वनको संरक्षण तथा व्यवस्थापन, संस्कृति संरक्षण, प्राकृतिक विपद् तथा पूर्वतयारी, पुनस्र्थापन र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।

‘असहाय र विपन्नसँग मेयर’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी सामान उपलब्ध गराउने नीति कार्यक्रममा उल्लेख छ । ‘बालबालिका किशोरकिशोरीसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमअन्तर्गत बालबालिका किशोरकिशोरीको क्षमता अभिवृद्धिका साथै विभिन्न विकृतिका विषयमा जनचेतना अभिवृद्धि जस्ता गतिविधि गर्ने योजना छ । 

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी प्रदेशको राजधानीसमेत हो । उपमहानगरपालिकाको जनसङ्ख्या झण्डै एक लाख ४७ हजार रहेको छ । १९ वडा रहेको उपमहानगरका अधिकांश वडामा अझै पनि स्वच्छ खानेपानी, सडकलगायत पूर्वाधारको अभाव छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले