2026-09-19 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रेड युनियनको अधिकार खोजेर हैन, सिकाई उपलब्धि वृद्धि गरेर प्रमाणित गर्नुस : शिक्षा मन्त्री

असार ९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रभावकारी शिक्षण सिकाई गर्न नसक्ने शिक्षकलाई ठाउँ खाली गर्न चुनौती दिएका छन् । 

चाँगुनारायण नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम शुभारम्भ गर्दै मन्त्री पोखरेलले भने, ‘अबको सामुदायिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाई गर्नुस्, पढाउन सक्दिनँ भन्ने भए ठाउँ खाली गरिदिनुस् ।’ 

देशभर अहिलेपनि करिब ७ लाख शिक्षण अध्यापन अनुमतिपत्र प्राप्त गरेका शैक्षिक बेरोजगार भएको उनले बताए । ‘शिक्षकमाथि मलाई विश्वास छ,’ उनले भने, ‘ त्यो विश्वासलाई पार्टी राजनीतिमा लागेर टे«ड युनियनको अधिकार खोजेर हैन, कक्षाकोठाको सिकाई उपलब्धि वृद्धि गरेर प्रमाणित गरिदिनुस् ।’ 

मन्त्री पोखरेलले लामो समयदेखि नेपालको शिक्षा पद्धतिमाथि बहस हुन नसकेको बताए । उनले विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मुल्यांकन गर्ने शिक्षा प्रणाली गलत भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई