2026-09-14 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास नगरपालिकाको बजेट एक अर्ब ३८ करोड

असार १०, दमौली (रासस) | तनहुँको व्यास नगरपालिकाले रु एक अर्ब ३८ करोड तीन लाख २५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । आजदेखि शुरु भएको नगरसभामा नगरउपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

सडक र नालातर्फ रु २७ करोड २३ लाख ६५ हजार, खानेपानीतर्फ रु चार करोड ४७ लाख २५ हजार, खेलकूदतर्फ रु एक करोड ३३ लाख, पर्यटनतर्फ रु चार करोड ९१ लाख, कृषि सिँचाइतर्फ रु तीन करोड ४१ लाख ४५ हजार, शिक्षातर्फ रु ३८ करोड ६० लाख ३६ हजार, सहकारी प्रवद्र्धनतर्फ रु सात लाख ५० हजार, वित्तीय व्यवस्थापनतर्फ रु दश लाख तथा उद्योग प्रवद्र्धनका लागि रु २१ लाख ५० हजार विनियोजन गरिएको छ ।

यस्तै स्वास्थ्य तथा सरसफाइतर्फ रु नौ करोड ७६ लाख ७० हजार, वन, वातावरण तथा बिपद् व्यवस्थापनतर्फ रु दुई करोड पाँच लाख ५० हजार, नवीकरणीय ऊर्जा, सडक बत्ती विस्तार एवं  व्यवस्थापनतर्फ रु ५२ लाख १० हजार र गाउँ–नगर साझेदारी कोष सञ्चालनका लागि रु एक करोड ६४ लाख विनियोजन गरिएको छ ।

दलित उत्थान, आदिवासी जनजाति, अन्य विपन्न वर्ग, अपाङ्गता भएका व्यक्ति, मुस्लिम समुदाय, महिला नेतृत्व तथा सीप विकास, ज्येष्ठ नागरिक, बालबालिका, मेलमिलाप केन्द्र एवं न्यायिक समिति प्रवद्र्धनका लागि रु एक करोड ७० लाख विनियोजन गरिएको छ । 

नगरपालिकाले आयतर्फ सङ्घीय सरकारको सशर्त अनुदान रु ४१ करोड ७३ लाख, सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान रु १९ करोड २० लाख, सङ्घीय सरकारको सामाजिक सुरक्षा अनुदान रु १६ करोड, आन्तरिक स्रोतको आय रु १४ करोड ८५ लाख, सङ्घीय सरकारको राजश्व बाँडफाँट रु १४ करोड ८५ लाख, राजश्व बाँडफाँटअन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु पाँच करोड, सङ्घीय र प्रदेश समपुरक अनुदान रु पाँच करोड, जनसहभागितामा नगदबाट रु दुई करोड, प्रदेश वित्तीय समानीकरण अनुदान रु एक करोड ३२ लाख ३१ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट रु एक करोड १२ लाख ४४ हजार, सङ्घीय सरकारको सडक बोर्ड नेपालबाट रु ७५ लाख, अन्य सङ्घसंस्थाबाट रु ७० लाख, गाउँ–नगर साझेदारी कोषबाट रु एक करोड ६४ लाख आय हुने अनुमान गरिएको छ । 

मङ्गलबारदेखि शुरु तनहुँको व्यास नगरपालिकाको नगरसभामा आगामी आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरउपप्रमुख मीरा जोशी । तस्वीर: कृष्ण न्यौपाने ।

चालू आव २०७५/७६ को जेठ मसान्तसम्म कूल यथार्थ आय रु एक अर्ब ३ करोड ६९ लाख ७४ हजार र कूल व्यय रु ६९ करोड ८७ लाख ७८ हजार रहेको नगरपालिकाले जनाएको छ । यसअघि २०७५ माघमा चौथो नगरसभाबाट पारित चालू आवको संशोधित आय सङ्घीय सरकारबाट प्राप्त अनुदान रु ८९ करोड १६ लाख २१ हजार, प्रदेश सरकारबाट प्राप्त अनुदान रु दुई करोड ७१ लाख ६७ हजार, आन्तरिक स्रोतबाट प्राप्त रु १४ करोड ७२ लाख ८८ हजार, अन्य आयबाट प्राप्त रु पाँच करोड १९ लाख ६७ हजार र अघिल्लो आवको रु आठ करोड ४२ लाख ४१ हजार गरी जम्मा रु एक अर्ब २० करोड २२ लाख ८५ हजार अनुमान रहेको थियो । खर्चतर्फ चालू खर्च रु ७० करोड ५१ लाख ३८ हजार र पूँजीगत खर्च रु ४९ करोड ७१ लाख ४६ हजार अनुमान गरिएकामा असार मसान्तसम्म कूल आय रु एक अर्ब २२ करोड ३४ लाख ८३ हजार र कूल खर्च रु एक अर्ब २२ करोड ३४ लाख ८३ हजार हुने संशोधित आयव्यय अनुमान गरिएको छ ।

आर्थिक विधेयक प्रस्तुत

नगरसभामा आज व्यास नगरपालिकाको आर्थिक विधेयक २०७६ प्रस्तुत गरिएको छ । आर्थिक समितिका संयोजक एवं वडा नं २ का वडाध्यक्ष काशीराम श्रेष्ठले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । सो विधेयकमाथि बुधबार छलफल हुने नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड