२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रुटी नहोस् भनेर नतिजा प्रकाशनमा उच्च सर्तकता अपनाइएको छ : एसईई

११ असार २०७६, बुधबार ०७:१०

असार ११, काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्न अन्तिम तयारीमा रहेको बोर्डले आज एसईईको नतिजा सार्बजनिक नगर्ने भएको छ | नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ | बुधबार मध्यान्हसम्म बोर्डको बैठकडाकिएको  छैन | त्यसकारण नतिजा प्रकाशन गर्ने सम्भावना नरहेको बोर्डले पुष्टि गरेको छ | अन्तिम रुजु र क्रस चेकिङको काम  सकिनासाथ नतिजा सार्वजनिक हुने जानकारी राष्टिय परीक्षा बोर्डले दिएको छ | 

कुनै प्राविधिक समस्या उत्पन्न नभए बिहीबार रिजल्ट सार्वजनिक हुने सम्भावना बढी रहेको  बोर्डले जनाएको छ | कुनै वाधाअवरोध नभए ४८ घण्टा भित्रसम्म नतिजा आउने तयारी बोर्डले गर्दै छ | गतवर्ष नतिजा प्रकाशन गर्दा करिब ९ हजार विद्यार्थीको ग्रेडसिटमा समस्या देखिएकाले यसपाली रिजल्ट सार्वजनिकमा हतार नगर्ने मनस्थितिमा बोर्डका कर्मचारीहरु छन्। निरीक्षणको क्रममा मंगलबार नतिजा प्रकाशनको नमुना परीक्षण (डेमो) समेत गरिएको थियो। गतवर्ष जस्तो त्रुटी नहोस् भनेर उच्च सर्तकता अपनाइएको बोर्डका सदस्यहरुले बताए। उनीहरुले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरुलाई हतार नगर्न समेत सुझाव दिएका हुन्।

मुलुकभरबाट ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको हो। नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन