२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुला चीनपछि खुल्दैछ तिब्बत

२०७६, ११ असार बुधबार १०:२५

 एकराज पाठक, असार ११, ल्हासा, तिब्बत । सन् १९७८ तिर देङ सियाओ पिङले खुला चीन नीति अख्तियार गरेका थिए । यो नीतिले चीनलाई बाह्य संसारसँग खुला ग¥यो । खासगरी चीनमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई गरिएकोे आह्वान थियो त्यो । 

त्यस बमोजिम विदेशी लगानीकर्ताहरु पनि आए । चीन औद्योगिक राष्ट्रका रुपमा दू्रत गतिमा अघि बढ्यो । उनको आर्थिक नीति सफल भयो । त्यही नीतिले चीनलाई आजको यो रुपमा ल्यायो । चीन अहिले अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । चीन र विश्वका अर्थशास्त्रीहरु भन्छन् – “वर्तमान चीन निर्माणको भित्री साँचो यही खुला नीति हो ।” माओको सांस्कृतिक क्रान्तिजस्तै देङ सियाओ पिङलाई चिनियाँहरु आर्थिक क्रान्तिका अगुवा मान्छन् ।

विगतका केही वर्षयतादेखि तिब्बतमा पनि खुला तिब्बत अवधारणामा बहस थालिएको छ तर, त्यो खुला चीन नीतिभन्दा भने फरक छ । तिब्बत विकासका लागि चीनले विदेशी लगानीकर्तालाई खुला गर्न अहिले त्यति जरुरी छैन, किनकि यहाँ केन्द्र सरकारकै अथवा चीनकै लगानी चाहिए जति छ । त्यसैले यो खुला नीति बाहिरी संसार र विशेष गरी पश्चिमा राष्ट्रहरुका लागि लक्ष्यित रहेको चिनियाँ अधिकारीहरु बताउँछन् ।

तिब्बत के थियो र अहिले के छ भन्ने कुरा चीन देखाउन चाहन्छ । त्यस समय लगानीकर्ताहरुलाई आह्वान गरेको चीन अहिले भने चीन विकासको ‘तिब्बत नमूना’ संसारलाई देखाउन चाहन्छ । तिब्बत, जुन पश्चिमा विश्वले सोचिरहेको छ, त्यो होइन भन्ने कुरा तिब्बतमै पुगेर हेरोस् भन्ने ऊ चाहन्छ । त्यसैले विश्वका कैयौँ देशका नीति निर्माता, प्राध्यापक, पत्रकार, लेखक, राजनीतिक दलका नेता, वैज्ञानिक र सामाजिक जीवनका विशिष्ट व्यक्तित्वहरु बोलाएर तिब्बत विकास र तिब्बतको खुलापनका विषयमा चीनले वर्षेनी अध्ययन भ्रमण र सम्मेलन गर्ने गरेको छ । 

गत हप्ता ल्हासामा सम्पन्न तिब्बत विकास मञ्च  सम्मेलनमा संयुक्त राज्य अमेरिकाको तर्फबाट सहभागी फुदान विश्वविद्यालयका प्राध्यापक सेंघाई लि तिब्बतको परम्परा र संस्कृति धेरै धनी छ, यसबाट कुनै देश या क्षेत्रभन्दा पनि संसार नै लाभाान्वित हुन सक्छ भन्नुहुन्छ । अहिलेको तिब्बतमा चीन विकासको खास नमूना देख्न सकिन्छ, त्यसैले खुला तिब्बतको चिनियाँ बहस सार्थक रहेको उहाँ ठान्नुहुन्छ । संस्कृत लगायतका विश्वका पुराना भाषाहरुको अध्ययन गरिरहनुभएका लिले तिब्बतमा चीन सरकारले तिब्बती भाषा र संस्कृतिको संरक्षणमा गरेका कामको सराहना गर्नुभयो । 

तिब्बतको इतिहास पढेर र तिब्बतको पुरानो अवधारणामै रहेर अहिलेको तिब्बतको वास्तविकता बुझ्न नसकिने चीनमा रहेर प्राध्यापन गरिरहनुभएका नेपाली प्राध्यापक डा.राजिवकुमार झा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “तिब्बत पश्चिमा संसारले हिजो गरेको कल्पनाजस्तो अहिले छैन । यसलाई बुझ्न हिजोको मानसिकताले काम पनि गर्दैन, स्थलगत अध्ययन नै गर्नुपर्छ ।” 

तिब्बतको विकास नेपालका लागि पनि खुशीको कुरा हो भन्ने मान्यता उहाँ राख्नुहुन्छ । चिनियाँ शहरहरुमध्ये तिब्बत नेपालसँग भौगोलिक, धार्मिक र सांस्कृतिक हिसाबले पनि धेरै नजीक रहेकाले तिब्बतको विकासले नेपाललाई फाइदा पुग्ने उहाँको तर्क छ । सो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपाल ‘एक चीन नीति’मा स्पष्ट रहेको र पछिल्लो समयमा नेपाल र चीन सम्बन्ध निकै राम्रो रहेको प्रसङ्ग उल्लेख गर्नुभयो । समृद्ध छिमेकीबाट लाभान्वित हुन नेपालले पनि सिक्नु पर्ने र त्यसलाई अनुसरण गर्न सक्नुपर्ने धारणा उहाँले राख्नुभयो ।   

सन् १९५९ अघि तिब्बतमा सामन्ती र अझ विशेषगरी भू–दास प्रथा थियो । अत्यन्तै सीमित मानिससँग जमीनको स्वामित्व थियो । राज्यको स्रोत सीमित मानिसको हातमा थियो  तर, सन् १९५९ को प्रजातान्त्रिक सुधारपछि भने तिनै व्यक्ति जमीनका मालिक भए । 

शिक्षामा सर्वसाधारण नागरिकको पहूँच थिएन । कम्तीमा ९५ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित थिए । त्यहाँका जमिन्दार तथा सम्भ्रान्त वर्गमा पर्ने पाँच प्रतिशत बालबालिकालाई मात्र शिक्षाको अवसर थियो । तर अहिले आमूल परिवर्तन आएको छ । गत वर्षको एक तथ्याङ्क भन्छ – यहाँका बालबालिकामा विद्यालय भर्ना दर ९९.५ प्रतिशत छ । यो प्राथमिक तहको शिक्षामा हो । त्यस समयको सबै शिक्षा प्रणालीलाई भत्काएर नागरिकका लागि आवश्यक शिक्षालाई सहज र पहूँचयोग्य बनाइएको छ । विद्यालयसम्मको शिक्षा लगभग निःशुल्क छ । चिनियाँ र अङ्ग्रेजीका अतिरिक्त तिब्बती भाषामा पनि यहाँ शिक्षा दिइन्छ । यसमा पनि तिब्बती भाषाको संरक्षण र सम्बद्र्धनमा उनीहरुको विशेष जोड देखिन्छ ।  

त्यसैगरी, आजभन्दा ६० वर्षअघि यहाँको बालमृत्यु दर प्रतिहजार कम्तीमा पनि ५० जना थियो । अहिले त्यो १.०२ जनामा झरेको छ । शिशु मृत्यु दर सन् १९६० को दशकमा प्रतिहजार ४३० जना थियो । त्यो घटेर सन् २०१७ मा १०.३८ जना रह्यो । त्यसैगरी, स्वास्थ्य सुविधाहरु त्यस समयको तुलनामा कम्तीमा पनि ३५ गुणाले बढेको छ । 

विकासको कुरा गर्दा सन् १९८० देखि २०१८ सम्मको अवधिमा करीब एक हजार आयोजना सञ्चालन भए । चीनको केन्द्र सरकारका यी आयोजनामा खर्बाैँ चिनियाँ युआन लगानी भएको तथ्याङ्क भेटिन्छ । यहाँको कुल गार्हस्थ्य उत्पादन सन् २०१८ मा १४७.७६३ चिनियाँ युआन रहेको छ । यो सन् १९५९ को तुलनामा करीब २०० गुणा बढी हो । 

सन् २०१८ मा मात्र तिब्बतले तीन करोड भन्दा बढी पर्यटकलाई स्वागत गरेको छ । ती पर्यटक स्वदेशी र विदेशी नै हुन् । यो सङ्ख्या तिब्बतको जनसङ्ख्या भन्दा कैयौँ गुणा बढी हो । त्यो वर्ष यी पर्यटक मार्फत तिब्बतले ३४ करोड चिनियाँ युआन रकम राजश्व कमायो । 

यसरी तिब्बतको जनजीविकाको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । उपचार प्रणाली र जनस्वास्थ्यमा नागरिकको पहूँच प्रशंसनीय छ । शिक्षा र स्वास्थ्यजस्ता नागरिकका आधारभूत वस्तुहरुको उपलब्धता सहज छ । वातावरणीय स्वच्छता कायम छ र यसको संरक्षण र सम्बद्र्धनका लागि प्रयासहरु जारी छन् । सामाजिक सुरक्षाको प्रबन्ध राम्रो छ । ठाउँ ठाउँमा सरकारले नै वृद्धाश्रमहरु स्थापना गरी नागरिकलाई सेवा दिँदैआएको छ ।

चीन सरकारले ऊर्जा, भवन निर्माण र यसका सामग्रीहरुको उत्पादन, खनिज, खाद्य प्रविधि, संस्कृति झल्किने हस्तकला, तिब्बती परम्परागत औषधोपचार, पर्यटन जस्ता २० सम्भाव्य क्षेत्रको पहिचान गरी यहाँ विकास अभियान थालेको हो । सडक, रेलमार्ग, ठूला पर्वत तथा पहाडमा सुरुङ खनेरै राजमार्ग निर्माण गरिएका छन् । आन्तरिक र बाह्य हवाई रुटहरुको स्थापना र सञ्चालन गरेर तिब्बतले उल्लेख्य उपलब्धि हासिल गरेको छ । 

औसत चार हजार मिटरभन्दा माथिको बस्ती हो तिब्बत । सूर्यको किरणबाट नजीकको बस्ती तिब्बतलाई संसारका उच्च हिमालय पर्वतको बस्ती पनि मानिन्छ । त्यसैले यसलाई संसारको छानोको उपमा पनि दिने गरिएको छ । तिब्बत हिमालय पर्वत तथा कैयौँ नदीहरुको पनि एउटा स्रोत मानिन्छ । भौतिक विकास, तिब्बती उपचार पद्धति, भाषा विकासका साथै संस्कृति र परम्पराको प्रवद्र्धनका लागि यहाँ भइआएका कार्यहरु उदाहरणीय छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो