२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ नगरपालिकाको बजेट एक अर्ब

११ असार २०७६, बुधबार १४:१२

असार ११, गलकोट । जिल्लाको बागलुङ नगरपालिकाको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब एक करोड ५७ लाख ५४ हजार १५४ अनुमानित बजेट सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको पाँचौँ नगरसभामा आज नगर उपप्रमुख सुरेन्द्र खड्काले कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । 

नगरपालिकाले नगरको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र सेवा प्रभावलाई उच्च प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

नगरपालिकामा विनियोजित बजेटको स्रोतअन्तर्गत सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फको रु १६ करोड ४७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रु एक करोड ३० लाख ५५ हजार, सङ्घीय सरकारबाट प्राप्त हुने सर्शत अनुदानतर्फ रु ३६ करोड ३४ लाख, राजश्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट रु ११ करोड ५९ लाख १२ हजार १५४, प्रदेश सरकारबाट राजश्व बाँडफाँटतर्फ रु ८१ लाख छ हजार, घरजग्गा रजिष्टे«शनबाट प्राप्त रु एक करोड ५० लाख, ढुङ्गागिट्टी बालुवाबाट रु एक करोड ४० लाख, स्थानीय करबाट रु पाँच करोड र नगर विकास कोषबाट प्राप्त हुने ऋण तथा अनुदानबाट प्राप्त रु पाँच करोड रहेको उल्लेख गरेको छ ।

नगरपालिकाले पूर्वाधार विकासमा रु १२ करोड ७६ लाख २१ हजार, आधुनिक बसपार्क निर्माणका लागि रु पाँच करोड १५ लाख, सामाजिक विकासतर्फ रु पाँच करोड २४ लाख ७५ हजार, गुणस्तरीय शिक्षा कार्यक्रमका लागि रु दुई करोड ५० लाख, उद्यम तथा रोजगारका लागि रु एक करोड ६० लाख ७७ हजार, खानेपानीका लागि रु एक करोड ६५ लाख, कृषि क्याम्पस सञ्चालनका लागि रु ९० लाख, पशु विकास कार्यक्रमका लागि रु २८ लाख ७८ हजार, पर्यटन प्रवद्र्धनमा रु ८३ लाख बजेट विनियोजन गरेको छ । 

यस्तै युवा तथा खेलकूद कार्यक्रमका लागि रु ३४ लाख, गोविन्द अधिकारी छात्रावृत्ति कार्यक्रमका लागि रु २० लाख, स्वास्थ्यका लागि रु ५७ लाख र जनता आवास कार्यक्रमका लागि रु १५ लाख विनियोजन गरिएको छ । नगरका १४ वडामा विभाजित नगरपालिकाले सबै वडालाई रु सात करोड ९३ लाख विनियोजन गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको कूल बजेटमध्ये  रु ७१ करोड ९२ लाख ९१ हजार १५४ चालू खर्च तथा रु २३ करोड ३७ लाख ६३ हजार पूँजीगत खर्च रहन आउँछ । 

नगरपालिकाले रोजगार प्रवद्र्धन कार्यक्रम, वीरशाली पन्त स्मृति साहित्य पुरस्कार, विकास पत्रकारिता पुरस्कार, गरीबसँग मेयर कार्यक्रम, नेवारी संस्कृति संरक्षण, शव वाहन खरीद तथा बाल विकास सहजकर्तालाई रकम थप र कर समायोजनजस्ता बजेट तथा कार्यक्रम ल्याएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै