2026-09-14 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ नगरपालिकाको बजेट एक अर्ब

असार ११, गलकोट । जिल्लाको बागलुङ नगरपालिकाको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब एक करोड ५७ लाख ५४ हजार १५४ अनुमानित बजेट सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको पाँचौँ नगरसभामा आज नगर उपप्रमुख सुरेन्द्र खड्काले कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । 

नगरपालिकाले नगरको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र सेवा प्रभावलाई उच्च प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

नगरपालिकामा विनियोजित बजेटको स्रोतअन्तर्गत सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फको रु १६ करोड ४७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रु एक करोड ३० लाख ५५ हजार, सङ्घीय सरकारबाट प्राप्त हुने सर्शत अनुदानतर्फ रु ३६ करोड ३४ लाख, राजश्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट रु ११ करोड ५९ लाख १२ हजार १५४, प्रदेश सरकारबाट राजश्व बाँडफाँटतर्फ रु ८१ लाख छ हजार, घरजग्गा रजिष्टे«शनबाट प्राप्त रु एक करोड ५० लाख, ढुङ्गागिट्टी बालुवाबाट रु एक करोड ४० लाख, स्थानीय करबाट रु पाँच करोड र नगर विकास कोषबाट प्राप्त हुने ऋण तथा अनुदानबाट प्राप्त रु पाँच करोड रहेको उल्लेख गरेको छ ।

नगरपालिकाले पूर्वाधार विकासमा रु १२ करोड ७६ लाख २१ हजार, आधुनिक बसपार्क निर्माणका लागि रु पाँच करोड १५ लाख, सामाजिक विकासतर्फ रु पाँच करोड २४ लाख ७५ हजार, गुणस्तरीय शिक्षा कार्यक्रमका लागि रु दुई करोड ५० लाख, उद्यम तथा रोजगारका लागि रु एक करोड ६० लाख ७७ हजार, खानेपानीका लागि रु एक करोड ६५ लाख, कृषि क्याम्पस सञ्चालनका लागि रु ९० लाख, पशु विकास कार्यक्रमका लागि रु २८ लाख ७८ हजार, पर्यटन प्रवद्र्धनमा रु ८३ लाख बजेट विनियोजन गरेको छ । 

यस्तै युवा तथा खेलकूद कार्यक्रमका लागि रु ३४ लाख, गोविन्द अधिकारी छात्रावृत्ति कार्यक्रमका लागि रु २० लाख, स्वास्थ्यका लागि रु ५७ लाख र जनता आवास कार्यक्रमका लागि रु १५ लाख विनियोजन गरिएको छ । नगरका १४ वडामा विभाजित नगरपालिकाले सबै वडालाई रु सात करोड ९३ लाख विनियोजन गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको कूल बजेटमध्ये  रु ७१ करोड ९२ लाख ९१ हजार १५४ चालू खर्च तथा रु २३ करोड ३७ लाख ६३ हजार पूँजीगत खर्च रहन आउँछ । 

नगरपालिकाले रोजगार प्रवद्र्धन कार्यक्रम, वीरशाली पन्त स्मृति साहित्य पुरस्कार, विकास पत्रकारिता पुरस्कार, गरीबसँग मेयर कार्यक्रम, नेवारी संस्कृति संरक्षण, शव वाहन खरीद तथा बाल विकास सहजकर्तालाई रकम थप र कर समायोजनजस्ता बजेट तथा कार्यक्रम ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने