२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको रामजानकी मन्दिरबाट साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी

१३ असार २०७६, शुक्रबार ०६:४०

असार १३,  महोत्तरी |  महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार एकडारा गापा–२ मा रहेको रामजानकी मन्दिरबाट गए राति चोरहरुको एक समूहले सात लाख पचास हजार मूल्य बराबरको तीनवटा मूर्ति चोरेर लगेका छन् । सो मन्दिरमा रहेका प्रतिगोटा दुई लाख ५० हजारमा किनेर स्थापना गरिएको अष्टधातुको १५-१५ किलोग्रामका डेढ-डेढ फिटको भगवान् रामको, माता सीताको र भगवान् लक्ष्मणलालको गरी तीनवटा मूर्ति चोरेर लगेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

मन्दिरबाट लाखौँको मूर्ति चोरी भएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट ती मूर्तिहरु चोरी गरेका समूहको व्यापक खोजतलासका लागि त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको र चोरहरु चाँडै समातिने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।  उहाँले मूर्ति गह्राँै रहेकाले चोरहरुले तुरुन्तै बाहिर लैजान नसक्ने भएको बताउँँदै प्रहरीले ती चोरहरुलाई चाँडै समातिने तर्क राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र