२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलामाथिको आक्रमण : सिरिञ्ज हैन काँटी, सिसी क्यामराबाटै पहिचान

२०७६, १३ असार शुक्रबार ११:२६

नारायण ढुङ्गाना, असार १३, काठमाडौँ । रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै हुनुहुन्थ्यो । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क फर्किंदा मोटरसाइकल भागिसकेको थियो । 

पछिल्लो केही महीनामा उस्तै प्रकृतिका छ घटना भए । चार घटना प्रहरीमा आइपुग्यो भने दुई घटना अनुसन्धान कै चरणमा छ । उक्त घटना कतिपय सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सिरिञ्ज आक्रमण भनेर सार्वजनिक भयो । प्रहरीले सिरिञ्ज नभएको बताए पनि जनमानसमा फैलिसकेका कारण त्रास रोकिएको थिएन ।  

घटनामा संलग्न रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की बा ४७ प १३३१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेपछि उक्त घटनामा सिरिञ्जको प्रयोग नभएको थप पुष्टि भएको महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो । उनले प्रयोग गरेको वस्तु फलामको काँटी भएको प्रहरीले पुष्टि गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका कार्की महाराजगञ्जमा फाष्टफुड पसल सञ्चालन गर्दै आएका व्यक्ति हुन् । 

“हामीले शुरुदेखि नै स्पष्ट पार्न खोज्यौँ, सिरिञ्ज होइन भनेर, चिकित्सकले सिरिञ्ज देखिएको छैन भने कै थिए, मिडियाले किन भन्यो थाहा भएन, तर उनी पक्राउ परेपछि सामाजिक सञ्जालमा फैलिएको त्रास हट्ने विश्वास छ”, सुवेदीले प्रष्ट्याउनुभयो । 

“उनले एउटा घटना चिर्कटोजस्तो काठको सानो टुक्रा प्रयोग गरेको र अरुमा चाहिँ ढलानमा ठोक्ने किला प्रयोग गरेको हुँ, त्यो किला त्यहीँ फालेको छु भन्ने बयान दिएका छन्, हामीले त्यो ठाउँमा सर्च गर्दै छौँ”, सुवेदीले घटनाबारे थप्नुभयो ।

प्रहरीसँग कार्कीले ‘किन–किन गरेँ, आफूलाई नियन्त्रण गर्न सकिन’ भन्ने बयान दिएका छन् । नियन्त्रणनै गर्न नसक्ने अवस्था किन सिर्जना भयो भन्नेतर्फ पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पीडित परिवारका सदस्य लक्ष्मण देउला यति सानो घाउ किलाले हानेको होलाजस्तो चाहिँ नलाग्ने जिकिर गर्नुहुन्छ । सार्वजनिक स्थानमा महिलाप्रति अभद्र व्यवहार गरेको भन्ने मुद्दा रहेको र अर्काे समाजमा सङ्क्रमण फैलाउने प्रयास हो कि भन्ने आशङ्का भएकाले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको जानकारी दिँदै प्रहरीले प्रमाण र घटनाक्रमले पुष्टि गरेको आधारमा मुद्दा चल्ने जनाएको छ । 

शृङ्खलाबद्ध घटना

२०७६ साल लागेपछि शृङ्खलाबद्ध रुपमा घटना भएको छ । वैशाख १ मा पहिलो घटना भएको थियो । जेठको १८, २० र ३२ गते तीन घटना भयो । अहिलेसम्म चारवटा घटनाको उजुरी परिसरमा परेको छ । अन्य दुई घटनाको अनुसन्धान जारी छ । सबै घटनामा कार्की नै संलग्न रहेको घटनाको अनुसन्धान र खोजतलासमा लाग्नुभएका परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । 

सबै घटना काठमाडौँको ठमेल, ढल्कु, पक्नाजोल, विष्णुमती कोरिडोरको स्वयम्भू र सोह्रखुट्टे क्षेत्रमा भएका छन् । राति ९ बजेपछि मात्रै घटना दोहोरिएको छ । हरेक घटनामा, कुनै व्यक्ति मोटरसाइकलमा आउने, छुँलाछुँलाजस्तो गरेर जाने र महिलालाई चसक्क भएर शरीरमा केही घोपेजस्तो हुने एउटै प्रकृतिका छन् ।

ती घटना सर्वसाधारणमा त्रास फैलने गरी आएकाले महानगरीय अपराध महाशाखा र परिसरले गम्भीर अनुसन्धान थालेको थियो । बनेपामा समेत यस्तै घटना भएको भन्ने विषयमा भने परिसरका प्रमुख सुवेदीले बनेपामा भएको घटनासँग यसको प्रकृति नमिल्ने बताउनुभयो ।

प्रहरीका अनुसार यस्ता घटनामा संलग्न हुनेको मानसिक अवस्था ठीक नभएको, कुनै कुराले आघात भएको वा दुव्र्यसनको कारणले पनि हुनसक्ने भएकाले त्यतातर्फसमेत अनुसन्धान केन्द्रित गरिएको छ । 

सिसी क्यामराबाटै पहिचान

उक्त घटना ढल्कुमा राखिएको सिसी क्यामरामा कैद भएको थियो । त्यसमा एक महिला कुकुर डुलाउँदै सडकमा हिँडिरहेको देखिन्छ । एक्कासि अगाडिबाट आएको मोटरसाइकल उनको नजिकै आइपुग्छ र एक हातले केही हानेजस्तो गरेको देखिन्छ । 

त्यसपछि ती महिला फनक्क फर्किएको देखिन्छ । त्यही सिसी क्यामराको आधारमा मोटरसाइकल पहिचान भएको हो । स्थानीयले चक्रपथमा मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धान गर्दै जाँदा त्यही मोटरसाइकल भएको पुष्टि हुन पुग्यो । 

पीडित परिवारका एकजना सदस्य लक्ष्मण देउलाका अनुसार सिसी क्यामरामा देखिएको हुलियाको आधारमा उस्तै मोटरसाइकल सडकमा देखेपछि प्रहरीलाई खबर गरेर पक्राउ गर्न सफल भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा