२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सगरमाथा, सिता र बुद्धले देश चिनाउन सकेनछ, एक रातको कार्यक्रमले चिनाउँछ !’ (भिडियो)

२०७६, १६ असार सोमबार ०२:४९

असार १६, काठमाडौँ | भारतको प्रतिष्ठित आइफा अवार्डलाई नेपाली ढुकुटीबाट पैसा दिने निर्णयबारे चौतर्फी बिरोध भईरहँदा आइतबार काठमाडौँको माइतीघर परिसरमा राजनीतिक दल तथा स्वतन्त्र युवाहरुले बिरोध पर्दर्शन गरे । बिरोध पर्दर्शनमा बिभिन्न कलाकार, पत्रकार, साधारण नागरिक र कलाकारहरुको उपस्थिति रहेको थियो ।

उक्त विरोध कार्यक्रममा नायक नवल खड्काले सरकारको व्यंग्य गर्दै सगरमाथा, सिता र गौतम बुद्धले देश चिनाउन सकेनछ भन्ने अभिव्यक्ति दिंदै एक रातको कार्यक्रमले चिनाउँछ ? भन्दै व्यंग्य गरे । उनले भने 'देशकै राष्ट्रिय पुरस्कारका लागि राष्ट्रपतिले एक घण्टा समय छुट्याउन नसक्ने तर विदेशको निजी अवार्डका लागि ढुकुटी नै रित्याउने ? सरकारको नेपाली फिल्म क्षेत्रप्रतिको दृष्टिकोण के हो भन्ने यही उदाहरणले छर्लंग पार्छ ।' 


सरकारकै खर्चमा भारतीय इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) अवार्ड गर्न लागिएको भन्दै विद्यार्थी संगठन अखिल छैटौंका नेता तथा कार्यकर्ताले बिभिन्न  बिरोधस्वरूपका नारा लेखिएको प्लेकार्ड आफ्नो छातीमा टासेर विरोध प्रदर्शन गरे । उनीहरुले 'नेपालको पर्यटनमा लगानी गर', 'आइफामा लगानी, भारतको गुलामी' लेखिएका प्लेकार्डसहित विरोध गरे, जसमा चलचित्रकर्मीहरुको समेत ऐक्यबद्धता रहेको थियो । उनीहरुले विदेशी पाहुना नेपालमा आउनु गौरवको कुरा भएपनि नेपालले आफ्नो ढुकुटी खर्चेर ल्याउनु आफूहरुलाई पाच्य नभएको बताए । नेपालको जनताको तिरेको करले आइफा अवार्ड गर्न लागेको भए आफूहरुले उक्त कार्यक्रमलाई अवरोध गर्ने पर्दर्शनकारीहरुले बताएका छन् । 


माइतीघरमा मात्र नभई आइतबार बिभिन्न संचार माध्यम मार्फत कलाकारहरुले आइफा अवार्डलाई नेपाल सरकारले पैसा दिने बिषयको नकारात्मक टिप्पणी दिएका छन् । कलाकारहरुले नेपाली कलाकारको सम्मानमा खर्च नगर्ने सरकारले एक रातको अवार्डमा करोडौं खर्च गर्नु लज्जास्पद भएको टिप्पणी दिएका छन् । 

भारतको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) नेपालमा आयोजना गर्न मन्त्रिपरिषद् बैठकले ४४ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थियो । सरकारले नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवद्र्धनका लागि भन्दै आइफा अवार्ड २०१९ का लागि यति ठूलो बजेट विनियोजन गरेपछि विरोधको शृंखला सुरु भएको हो । 

भिडियोमा हेर्नुहोस् पर्दर्शनको झलकहरु 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु