Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १७, लमही ।</b> दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ । गए राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्र्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।</p><p>ना५त ९०७९ नंको ट्र्याक्टर पल्टिँदा गम्भीर घाइते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो ।</p><p>साथै सोही दुर्घटनामा परी सहचालक सोही ठाउँका १६ वर्षीय अनिल नेपाली घाइते भएका छन् । अनिलको बायाँ हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।&nbsp;</p>