२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्बोडियालि प्रधानमन्त्री हुन सेन जेनेभा प्रस्थान

१७ असार २०७६, मंगलवार ०७:४४

असार १७, एजेन्सी | कम्बोडियाली प्रधानमन्त्री हुन सेन मङ्गलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

त्यसैगरी जेनेभामा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको एक सत्रमा पनि प्रधानमन्त्री हुन सेन सहभागी हुनुहुने कार्यक्रम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।कम्बोडियाली प्रधानमन्त्रीको कार्यालयका एकजना मन्त्री थामरोङले दिएको जानकारीअनुसार उहाँले विश्व व्यापार संगठनको विशेष सत्रमा सम्बोधन गर्नुहुनेछ । मन्त्री थामरोङले त्यस अवसरमा कम्बोडियाको आर्थिक अवस्था, यहाँको आर्थिक विकासका लागि कम्बोडियाले गरेका प्रयास र संघर्षका बारेमा पनि चर्चा गर्नुहुने जानकारी दिनुभयो ।सोही सम्बोधनका क्रममा प्रधानमन्त्री हुन सेनले कम्बोडियाको व्यापार रणनीति २०१९ सार्वजनिक गर्नुहुने जानकारी पनि मन्त्री थामरोङले दिनुभयो । त्यसैगरी उहाँले बिहीबार बस्ने राष्ट्रसंघीय मानवअधिकार परिषदको ४१ औँ नियमित सत्रलाई पनि सम्बोधन गर्नुहुनेछ । 

उहाँले सो सम्बोधनका क्रममा प्रजातन्त्र र मानवअधिकारप्रति कम्बोडियाको दरिलो प्रतिबद्धता पनि व्यक्त गर्नुहुने मन्त्री थामरोङजे बताउनुभयो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य