२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्धाधुन्ध सम्बन्धन नदिन विश्वविद्यालयलाई निर्देशन

२०७६, १७ असार मंगलवार ११:००

असार १७, काठमाडौँ | “खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।”मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, “हलो जोतेर खाने खेत पनि छैन । हवाइजहाज पनि छैन ।”

पाइलटका लागि मुलुकमा आवश्यकभन्दा बढी जनशक्ति भएकाले उनीहरुले तत्कालै रोजगारी नपाउने स्थिति नभएको प्रधानमन्त्री ओलीको जिकिर थियो । शिक्षाशास्त्र धेरैले पढे पनि उत्पादित जनशक्ति शिक्षण पेशामा खपत नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तालीमहरु चलाउँदा कामसँग जोडेर दिनुपर्छ । रोजगारी, उत्पादन र आवश्यकतासँग नजोडिएको शिक्षा काम लाग्दैन । काम लाग्ने दक्ष जनशक्ति उत्पादनमा हाम्रा विश्वविश्वविद्यालयहरु लाग्नुपर्छ ।”

पोखरा विश्वविद्यालयको २० औँ साधारणसभालाई सम्बोधन गर्र्दै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति र योजनानुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका पदाधिकारीलाई उहाँले निर्देशन दिँदै भन्नुभयो, “अन्धाधुन्ध सम्बन्धन नदिनुस् । जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन, कहाँ के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नुस् । शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनुस् । सम्झाएर पठाउनुस् । अर्काे विषय पढ्न भन्नुस् । प्राविधिक विषयमा जानुस् ।” कतिपय विश्वविद्यालयले आर्थिक चलखेलका आधारमा आवश्यकताको पहिचान नगरी सम्बन्धन दिएको पाइन्छ ।

जनशक्ति प्रक्षेपणसम्बन्धी कार्यदलले आइतबार मात्रै प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो । उहाँले सो प्रतिवेदन अध्ययन गरी लागू गरिने जानकारी दिँदै त्यसैका आधारमा विश्वविद्यालयको शैक्षिक कार्यक्रम आउनुपर्ने बताउनुभयो । उहाँले उन्नत परिपाटी अपनाएर आजको दुनियाँको प्रतिस्पर्धीस्तरमा विकास गर्ने प्रकारको पद्धति र नीतिका आधारमा राष्ट्रिय आवश्यकता र आकाङ्क्षा पूरा गर्ने शैक्षिक पात्रो र विधि लागू गर्न पनि आग्रह गर्नुभयो ।  “कृषि पढाउने हो भने खेतबारीमा पढाउनुस् । मत्स्यपालन पढाउनु छ भने पोखरीमा विद्यार्थीलाई लानुस् ।”प्रधानमन्त्री ओलीको प्रश्न छ, “भारी बोक्नेले भारी बोकेर खान्छ, जब ऊ विश्वविद्यालय जान्छ, गिटी कुट्न छाड्छ । मैले एक पटक प्राध्यापकहलाई भनेको थिएँ, तपाईँहरुका हातमा परेपछि विद्यार्थी बेरोजगार हुन्छन् । यस्तो अवस्था किन हुन्छ ?”

कुलपति ओलीले लाखौँ जनशक्ति विदेश गइरहेको तर  शिक्षा, सीप र दक्षताको आवश्यकता भएको युवाशक्तिको समुचित रुपमा प्रयोग हुन नपाएको जनाउँदै सस्तो श्रम बजारमा युवा जानु दुःखद् भएको उल्लेख गर्नुभयो । “यसलाई बदल्ने योजना बनाउने ठाउँ विश्वविद्यालय नै हो । नेपाल विश्वविद्यालय स्थापनामा केही पछि परेको छ तर विश्वमा विश्वविद्यालय खुल्नुभन्दा अगाडि नेपाल नै ज्ञानको केन्द्र थियो । त्यस्ता ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्न सकिएको छैन । अब यो बदल्नुपर्छ ।”

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले पनि जनशक्तिको प्रक्षेपण र प्राविधिक शिक्षाको प्राथमिकताका आधारमा नीति ल्याउन विश्वविद्यालयलाई आग्रह गर्दै अव्यवस्थित जनशक्ति उत्पादन हुने प्रकारले नजान आग्रह गर्नुभयो । 

विश्वविद्यालयका उपकुलपति चिरञ्जिवी शर्माले प्रस्तुत गरेको विश्वविद्यालयको आगामी आर्थिक वर्षको नीतिकार्यक्रमलाई सहकुलपति पोखरेलको निर्देशनानुसार आउँदो कार्यकारी परिषद् बैठकले पारित गर्ने भएको छ । उपकुलपति शर्माको कार्यकाल दुई महिना बाँकी छ । 

सो विश्वविद्यालयमा हाल चार क्याम्पसका सङ्कायमा गरी ३२ हजार विद्यार्थी छन् । नीतिकार्यक्रममा आगामी दुई वर्षभित्र विद्यार्थी सङ्ख्या ५० हजार पु¥याउने लक्ष्य छ । विश्वविद्यालयले प्यारामेडिकल कोर्षहरुको सञ्चालनका लागि पोखरा शिक्षण अस्पताल निर्माण गर्ने, व्यवसायमूलक कृषि विषय र कार्यक्रम चलाउने, दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले कृषि सङ्काय स्थापना गर्ने, चारै सङ्कायमा एमफिल लिडिङ पिएचडी कार्यक्रम सञ्चालन गर्ने, सेवा आयोग स्थापना गर्नेलगायत योजना प्रस्तुत गरेको छ । विश्वविद्यालयमा बिजिनेस तथा व्यवस्थापन, इञ्जीनियरिङ तथा विज्ञान प्रविधि, हेल्थ र एलाइड तथा स्वास्थ्य विज्ञान र विकास तथा सामाजिक इञ्जिनीयरिङ, मानविकी एवं सामाजिकशास्त्र अध्ययन सङ्काय छन् । 

विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले गर्नुभएको आगामी आर्थिक वर्षका लागि रु ९९ करोड ५० लाख ९० हजारको बजेट प्रस्तावलाई सभाले पारित गरेको छ । विश्वविद्यालयको चालू आर्थिक वर्षमा रु ८६ करोड २९ लाख बजेट अनुमान गरिएकामा रु ५३ करोड २५ लाख १६ हजार खर्च हुने संशोधित अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण