2026-10-23 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालले मृत घोषणा गरेर अन्तिम संस्कार गर्न लाग्दै गर्दा युवकको होस् खुलेपछि…

असार १७, लखनऊ (एजेन्सीको सहयोगमा) | भारतको उत्तरप्रदेशको राजधानीमा एक मृत घोषित युवकलाई समसान घाटमा पुर्ने सम्पूर्ण तयारी हुँदै थियो । उनलाई पुर्ने खाल्डो समेत खनियो र उनको शव खाल्डोमा राख्न लाग्दै गर्दा ति युवकले जीवितै रहेको संकेत देखाएपछि तत्काल अस्पताल लगिएको समाचार छ ।

भारतीय संचार माध्यममा आएका समाचार अनुसार मृतकका परिवारले उनको अन्तिम संस्कार  गर्न खोज्दै गर्दा उनले आफू जिउदो रहेको संकेत दिएका थिए । परिवारले उनलाई अस्पताल लगे लगत्तै ति युवक जिवितै रहेको डाक्टरहरुले बताएका थिए ।

२० बर्षीय ति युवक मोहम्मद फुरकान २१ जूनमा एक दुर्घटनामा घाइते  भएका थिए । त्यसपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो । सोमवार डाक्टरले उनको मृत्यु भएको घोषित गरे । चिकित्सकहरुले मृत्यु भएको घोषणा गरेपछि ति युवकको अन्तिम संस्कारको लागि एम्बुलेन्समार्फत घर लागिएको थियो । फुरकानमा दाजु मोहम्मद इरफानले घटना अप्रत्याशित भएको बताएका छन् । उनले भनेका छन् ‘परिवारलाई घटना बारे विश्वासनै भईरहेको छैन । हामीले हाम्रो भाई फिर्ता पायौं ।

इरफानले  भने कि भाईको उपचारको लागि निजी अस्पताल परिवारले सात लाख भारु लिएका थिए । जब परिवार स्रोतले आफूहरुसँग उपचारको लागि थप पैसा नभएको बताए, तब अस्पतालले सोमबार फुरकानको मृत्यु भएको घोषित गरेका थिए । अन्तिम संस्कारको लागि झन्डै गाडिएको भाई जिवितै रहेको थाहा पाए पछि उनको उपचारको लागि परिवारले राम मनोहर लोहिया अस्पतालमा उपचार गराईरहेका छन् । उनलाई भेंटिलेटरमा राखेर उपचार गराइएको छ ।

लखनऊमा मुख्य चिकित्सा अधिकारी (सीएमओ) नरेन्द्र अग्रवालले भने, “हामीले घटनाको अध्ययन् गर्दैछौं ।” फुरकानको उपचारमा संलग्न डाक्टरले भने अनुसार घाइते युवकको स्थिति गम्भीर छ । उनको नाडी, ब्लडप्रेसर र दिमाग काम गरिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने