2026-09-19 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपराधीको अनुहार देखेर झुट पक्रिने एआई सिस्टम, ब्रिटेन र भारतमा परिक्षण हुँदै

असार १७, काठमाडौँ | सोधपुछको क्रममा अपराधीले झुट बोल्दैछ वा साचो ? अब एक प्रविधिले अनुहारको भावकै आधारमा बताईदिनेछ । लन्डनको स्टार्टअप फेससफ्टले आर्टिफिशियल इन्टेलीजेन्समार्फत यस्तो सिस्टम तयार गरेको छ कि जो मानिसको अनुहारको इमोसनलाई पढेर साचो/झुटो पत्ता लगाउन सक्छ । यसको परिक्षण छिट्टै ब्रिटेन र भारतमा मुम्बई प्रहरीले गर्ने भएको छ । जुन एआई सिस्टममा ३० करोडभन्दा बढी अनुहारको भाव समावेश गरिएको छ । 

स्टार्टअप फर्म फेससफ्टको अनुसार, तपाइको दिमागमा के चलिरहेको छ भन्ने जानकारी अनुहारको माइक्रो एक्सप्रेशनमार्फत थाहा हुन्छ । मनोवैज्ञानिकहरुले १९६० मा पहिलो पटक यसको पत्ता लगाएका थिए । मनोवैज्ञानिकले पहिलो पटक यसलाई आत्महत्या गर्ने कोशिश गर्ने मानिसमा हेरेका थिए । जो प्राय दिमागमा चल्दै गरेको नकारात्मक विचारलाई लुकाई रहेका थिए । 

फेससफ्टका संस्थापक डा. पोनिआहको अनुसार यदी कोहि मानिस जबरजस्ती हाँस्छ, तब त्यो भाव उसको आँखामा देख्न सकिन्न । यो एक तरिकाको माइक्रो एक्सप्रेशन हो । रिसर्चमा इम्पीरियल कलेज लन्डनका एआई एक्सपर्ट स्टेफिनोजका अनुसार, पूछताछको क्रममा अपराधीको अनुहारमा देखिने अस्वाभाविक भावलाई रेकर्ड गरिन्छ । त्यसपछि मनोवैज्ञानिकले त्यसको विश्लेषण गर्छन् । 

एआई सिस्टममा एल्गोरिदम डाटाबेसका साथै ३० करोडभन्दा बढी मानिसको अनुहारको भाव स्टोर गरिएको छ । यसमा हरेक उमेर वर्ग र जेन्डरको तस्वीरहरु समावेश गरिएको छ । यसमा खुशी, डर, आश्चर्य जस्ता इमोशन्स छन् । एआई सिस्टमले अनुहार हेरेकै भरमा अनुहारमा कम वा बढी कुन भाव देखाईरहेको छ भन्ने जानकारी दिन्छ ।

एआई एक्सपर्टका अनुसार, फेशियल रिकग्निशनको प्रयोग मानिसको सुरक्षा र देशको विकासमा गरिनेछ । यसको मद्धतले भीडको बिचमा पनि अनौठो भाव प्रकट गर्ने मानिसलाई चिन्न सकिन्छ । यूके र मुम्बई प्रहरीले छिट्टै कैदिहरुमा यो प्रविधिको प्रयोग गर्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई