2026-09-14 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामग्रामको विकास हुन्छ : मन्त्री अर्याल

असार १८, नवलपरासी | भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताउनुभएको छ । मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार अहिले विकास र समृद्धिकै दिशामा अघि बढेको छ, लुम्बिनीसहित रामग्रामको विकास सरकारले गर्छ, तपाईँहरु विश्वस्त हुनुस् ।”

मन्त्री अर्याल स्तुपमा पुग्दा स्थानीयवासीले यसको विकासमा सरकारको ध्यान नगएको भन्दै ध्यानाकर्षण गराएका थिए । रामग्राम–७ का वडाध्यक्ष शिवशङ्कर हरिजनले स्वदेशी तथा विदेशी गरी वार्षिक ३० हजारभन्दा बढी पर्यटक आउने यो स्थल उचित विकास र पूर्वाधारको कमीले पछि परेकाले सरकारले चासो दिएर विकास गर्नुपर्ने बताउनुभयो । रामग्राममा पर्यटकका लागि आवश्यक विश्रामगृह, शौचालय, सुविधासम्पन्न होटलजस्ता पूर्वाधारको अभाव छ । 

मन्त्री अर्यालले पाल्हीनन्दन–४ स्थित ऐतिहासिक पाल्ही भगवती मन्दिरको पनि दर्शन गर्दै मन्दिरको बारेमा जानकारी लिनुभयो । मन्त्री अर्याललाई उक्त मन्दिरको मुख्य पुजारी एवं सङ्घीय सांसद देवेन्द्रराज कँडेलले मन्दिरको महत्वबारे जानकारी गराउनुभएको थियो । 

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुलदेवी पाल्ही भगवतीको स्थापना भएको हो । सेनवंशी राजाको पाल्हीमा दरबार रहेको र दरबारभित्र पुजिने इष्टदेवीका रुपमा पाल्ही भगवती रहेकी थिइन् । सेनवंशी शासनकालमा रतन सेनले आफ्नो दरबारमा पाल्ही भगवतीको पूजा गर्दै आएको पाइन्छ ।

यसैगरी सुनवल–५ वनकट्टीमा रहेको शहीद विष्णु पाण्डे उद्यानको पनि अवलोकन गर्दै मन्त्री अर्यालले त्यहाँको विकास योजनाबारे जानकारी लिनुभयो । उक्त स्थललाई नेपालकै नमूना पर्यटकीयस्थल बनाउने गरी योजना अघि बढाइएको र त्यसका लागि सङ्घीय सरकारबाट आवश्यक बजेट विनियोजनका लागि ध्यानाकर्षण गराइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीकी नेतृ विमला अर्यालले जानकारी दिनुभयो । मन्त्री अर्यालले परासीमा निर्माणाधीन मालपोत कार्यालयको निरीक्षण गर्दै छिटो काम सम्पन्न गर्न निर्देशन पनि दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले