२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी सङ्गठनले बुझाए मन्त्री पोखरेललाई ज्ञापनपत्र

१८ असार २०७६, बुधबार ०७:५३

 असार १८, काठमाडौँ |  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले आज शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका  समस्या सुल्झाउन दशबुँदे ज्ञापनपत्र बुझाएको छ ।

क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले बुझाउनुभएको सो ज्ञापनपत्रमा शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, सर्वसुलभ एवं निःशुल्क गर्नुपर्ने, शैक्षिकसत्र शुरु भएसँगै निजी शैक्षिक संस्थाले गैरकानूनी रुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्घि तत्काल खारेज गर्नुपर्ने, गत वर्ष संयुक्त विद्यार्थी सङ्गठन र शिक्षा मन्त्रालयबीच भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । 

यस्तै इञ्जिनीयरिङ शिक्षाको विषयमा राज्यले प्रष्ट मापदण्ड बनाई वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, मेडिकल कलेजले मापदण्डभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गरी वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा अव्यवस्थित र गैरकानूनी रुपले सञ्चालनमा रहेका कलेजलाई कानूनी प्रक्रिया पूरा गराइ निश्चित शुल्क, छात्रवृत्तिलगायत मापदण्ड पारदर्शी बनाउनुपर्नेलगायत माग रहेका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले विद्यार्थीका जायज माग पूरा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा