२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्युनिसिया डुङ्गा दुर्घटनामा कम्तीमा ८० व्यक्ति डुबेको आशङ्का : यूएनएचसीआर

२०७६, २० असार शुक्रबार ०९:४६

 असार २०, जेनेभा । ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा  ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)ले बिहीबार बताएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ ।

माछा मारी फर्किदै गरेका माझीहरूले दुर्घटनाग्रस्त डुङ्गाबाट चार जनालाई जीवितै उद्धार गरी अस्पताल पठाइएकोमा एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दुई जनाको ट्युनिसियाको जार्जिसमा यूएनएचसीआरको सहयोगमा उपचार भइरहेको छ भने एक जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ ।

भूमध्यसागरीय क्षेत्रका लागि यूएनएचसीआरका विशेष दूत भिन्सेन्ट कोसेटलले भन्नुभयो, “आप्रवासीको सुरक्षाका लागि यथास्थितिले निरन्तरता पाउनु गलत हुनेछ । बुधबारको दुर्घटनामा कम्तीमा ८० जना डुबेको अपुष्ट समाचार यूएनएचसीआरले प्राप्त गरेको छ ।”

उहाँले भन्नुभयो, “सहज अवस्था वा विकल्प पाउँदासम्म डुङ्गाको खतरनाक यात्रा गरी कसैले पनि आफ्नो र आफ्ना परिवारको जीवनमाथि खतरा मोल्न तयार हुँदैन ।”  “यो उनीहरूको मजबुरी हो यसबारे विश्व समुदाय र मानवअधिकारवादी सङ्घसंस्थाको ध्यानाकर्षण हुनु जरूरी छ । 

हामीले नागरिकलाई अर्थपूर्ण विकल्प दिनुपर्छ जसले उनीहरूलाई डुङ्गामा पाइला राख्नुपर्ने बाध्यतालाई रोकोस् ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित