Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महोत्तरीको एक किसानले आफ्नो बुबाको स्मृतिमा स्वास्थ्यचौकीलाई जग्गा दिए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असार २१, बर्दिवास (रासस) | महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगर चौलिखाका विमलकुमार साहले आफ्ना स्व पिताको स्मृतिमा स्वास्थ्यचौकीका लागि जग्गादान गर्नुभएको छ ।&nbsp;<br></p><p>स्व पिता माधवप्रसाद साहको स्मृतिमा स्वास्थ्यचौकी किसाननगरको भवन निर्माणका लागि साहले रु २० लाख मूल्यको दुई कट्ठा १० धुर जग्गा दान गर्नुभएको हो । मालपोत कार्यालय बर्दिवासमा साहले दानबकस गरेर स्वास्थ्य चौकीका नाउँमा दिएका जग्गाको जग्गा धनी पुर्जा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले शुक्रबार सञ्चारकर्मीबीच सार्वजनिक गर्नुभयो ।&nbsp;</p><p>साविक किसाननगर गाविस–२ को चौलिखा बजारकै सो जग्गा हाल बर्दिवास नगरपालिका–६ नम्बर वडामा पर्छ । जग्गाको अहिलेको चलनचल्तीको मूल्य रु २० लाख पर्ने प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले बताउनुभयो । सो जग्गामा अब स्वास्थ्यचौकी भवन बनाइने नगरपालिकाले जनाएको छ । जनताको सहज स्वास्थ्य सेवासँग जोडेर आफूले स्व पिताको स्मृतिमा जग्गादान गरेको जग्गादाता साहले बताउनुभयो ।</p>