२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यालेस्टाइनी र इजरायलीबीचमा भएको झडपमा ४० जना घाइते

२०७६, २१ असार शनिबार १५:४७

असार २१,  गाजा रासस/सिन्ह्वा । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीका बीचमा भएको झडपमा परी कम्तीमा ४० जना घाइते भएका छन् । 

इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा पर्ने गाजामा शुक्रबार सयौँ प्यालेस्टाइनीहरुले प्रदर्शन गरेपछि इजरायली सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेका थिए ।  

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अस्राफ अल क्वेद्राले ४० जना घाइते भएका र ती मध्ये २२ जनालाई गोली लागेको जानकारी दिनुभयो ।

गाजा क्षेत्रमा प्यालेस्टाइनीहरुले लामोसमयदेखि प्रदर्शन गर्दै आएका छन् भने, इजरायली सुरक्षाकर्मीहरुले त्यसलाई नियन्त्रण गर्ने तथा हस्तक्षेप गर्ने गर्दै आएका छन् । 

प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार प्रदर्शनकारीहरुले प्यालेस्टाइनी झण्डा देखाउदै विभिन्न नारा लगाएका थिए ।  

प्रदर्शनमा झण्डै पाँच हजार प्यालेस्टाइनीहरु सहभागी भएको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् ।समाचारमा जनाइएअनुसार प्रदर्शनकारीलाई तितरवितर पार्न सुरक्षाकर्मीहरुले दर्जनौ पटक अश्रुग्यास प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग