काठमाडौँ, २१ असार Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, २१ असार
2026-09-13 04:35 AM
कपिलवस्तु - KPL

सर्वाधिक खोजीको सूचीमा रहेका नसिम खान काठमाडौँबाट समातिए

काठमाडौँ, २१ असार । शृङ्खलाबद्ध हत्या आरोपमा सर्वाधिक खोजीको सूचीमा रहेका कपिलवस्तुका नसिम खान मुसलमानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरेको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा घर भई अधिकांश समय भारतमा बस्दै आएका खान काठमाडौँमा आएको मौका छोपी प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी सिनामङ्गलस्थित एउटा वैदेशिक रोजगार कम्पनीबाट निस्किएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार खान सात जनाको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । मुसलमानमाथि २०७४ फागुन ३ गते कपिलवस्तुका मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको आरोप छ । उक्त घटना व्यक्तिगत दुष्मनीमा घटाइएको प्रहरीले जनाएको छ । सोही घटनामा सिआइबीको टोलीले एक वर्षदेखि उनको खोजी गरिरहेको थियो ।
विसं २०६३ देखि अहिलेसम्म मुसलमानमाथि सात व्यक्तिको हत्या तथा अन्य अपहरण र डकैती मुद्दा दर्ता भएको छ । सिआइबीले थप अनुसन्धानका लागि उनलाई आजै कपिलवस्तु पठाएको छ ।
कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर राणाका अनुसार मुसलमानविरुद्ध सात जनाको हत्या आरोपमा प्रहरीमा जाहेरी परेको छ । विसं २०६३ जेठ १९ मा कपिलवस्तुका धर्मराज बराईको छोराको धारिलो हतियार प्रहार गरी हत्या गरेको तथा २०६४ फागुन ६ गते  मोतीपुरका प्रेम परियार र सोही वर्ष चैत ९ गते हथिहवाका शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको मुसलमानमाथि आरोप लागेको छ । 
यस्तै २०६५ भदौ ३० गते अकला कोहारको हत्या, सोही वर्ष कात्तिक ९ गते राममिलनप्रसाद गुप्ताको गोली हानी हत्या, २०६७ वैशाख १३ गते पकडीका राजेन्द्रप्रसाद तिवारीको हत्या तथा २०७४ फागुन ३ गते मोहम्मद अहेमानको अपरहणपछि हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक राणाले राससलाई जानकारी दिनुभयो । मुसलमानको बारेमा आइतबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी जानकारी दिइने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन