२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा आलु चिप्स उद्योग सञ्चालन

२०७६, २४ असार मंगलवार ११:०९

असार २४, डडेल्धुरा  | डडेल्धुरा जिल्ला सदरमुकाममा आलु चिप्स उद्योग सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोनको पुरक अनुदान सहयोगमा सो उद्योग सञ्चालनमा भएको हो । 

उत्पादन बढ्दै गएसँगै आलु सुपरजोन बनाइएको डडेल्धुरामा आलुको खपतका लागी चिप्स उद्योग सञ्चालन गरिएको परियोजनाले जनाएको छ । परियोजनाको आठ लाख बराबरका उपकरण सहयोगमा उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज पाण्डेयले बताउनुभयो । 

आइतबार आलु चिप्स उत्पादन परीक्षण सार्वजनिक गर्दै सञ्चालक पाण्डेयले उद्योग सञ्चालन गरी आलु चिप्स बजारमा ल्याएको जानकारी दिनुभयो । सञ्चालक पाण्डेयले जिएस नामक उद्योगमार्फत यसअघि गोलभेँडा, ‘मिक्स सस’ र नमकिन बजारमा ल्याएको बताउँदै केही उपकरण आलु चिप्समा पनि काम लाग्ने भएकाले चिप्स पनि बजारमा ल्याएको जानकारी दिनुभयो ।

उद्योगका लागी आवश्यक भवन र स्थान पर्याप्त रहेको बताइएको छ । उद्योगमा छ जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण