२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कर्णालीमा घरघरमै पुगेर तरकारी बेच्नुपर्ने बाध्यता

२५ असार २०७६, बुधबार ११:३१

असार २५, सुर्खेत | नेपालमा भारतबाट वर्षेनी अर्बौंको तरकारी आयात हुने भन्ने समाचार कुनै नौलो विषय लाग्दैन । त्यहाँबाट आयातित तरकारीको मुलुकका सातवटै प्रदेशमा पुग्छ । हिजो आफ्नै उत्पादनमा आत्मनिर्भर साविक कर्णालीको हिमाली क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन ।

यसरी तरकारी आयात भइरहँदा स्थानीयस्तरमा तरकारी नै उत्पादन नभएको भने होइन । केही परिमाणमा भए पनि किसानले स्वच्छ र प्राङ्गारिक तरकारी उत्पादन गरेकै पाइन्छ  तर स्थानीयस्तरमा उत्पादन भएका तरकारीले बजार नपाउँदा कर्णालीका किसानलाई घरघरमा पुगेर तरकारी बेच्नुपर्ने बाध्यता छ । बाहिरबाट आएका तरकारी किन्ने आदत बसेकाले आफूहरुले उत्पादन गरेको तरकारीले बजार पाउन नसकेको जुम्लास्थित तिला गाउँपालिका किसान कर्णबहादुर हमालले राससलाई बताउनुभयो ।

“हामीले घरमै ताजा तरकारी उत्पादन गरेका छौँ तर यही किनेर खानुपर्छ भन्ने मानसिकता उपभोक्तामा हट्दै गएको छ”,हमालले भन्नुभयो, “आफैँले उत्पादन गरेको प्रतिकेजी रु ८० को तरकारी अहिले घरघरमा पुगेर रु ३०-४० बेच्नुपर्ने बाध्यता छ । तरकारी नबेच्दा त्यही रुपैयाँ पनि नआउने डर छ । यस विषयमा सरकार र अन्य सम्बन्धित सरोकारवालाले ध्यान दिनुपथ्र्यो । ”

काउली, बन्दा, आलु, फर्सी, गोलभेँडा, काँक्रा, मूला, गाँजरलगायत आफूले उत्पादन गरेका तरकारी  गाउँमै पुगेर न्यूनतम मूल्यमा बिक्री वितरण गर्नुपर्दा निराशा छाएको छ भन्दै उहाँले जोड दिनुभयोे, “गाउँवासीमा किनेर खाने बानी छैन । उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले हामीले चाहेको मूल्यमा बिक्री पनि गर्न सक्दैनौँ ।”

अर्का स्थानीय किसान नरबहादुर रावतले तराईबाट आउने तरकारी सस्तो पाउने भएकाले उपभोक्ताले त्यही किन्ने गरेको बताउनुभयो । “आयतित तरकारी विशाक्त छ भन्नेमा उपभोक्ता धेरैलाई चेतना छैन । उनीहरुको आँखा सस्तोमा मात्र जान्छ”, किसान रावतले भन्नुभयो । आयतित तरकारीले स्थानीय तरकारीलाई  विस्थापन गरेको उहाँको भनाइ थियो । 

हिमालमा उत्पादन भएको तरकारी तराई पठाउँदा बीचैमा कुहिएर जाने समस्या रहेको यहाँका किसान बताउछन् । मौसम र बेमौसम दुवै समय बाटोमा महीनौँ दिन लगाएर आउँदा पनि नकुहिने तरकारीका सवालमा उपभोक्ता सबैलाई सचेतना हुनुपर्ने तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले जानकारी दिनुभयो ।

“विषादी मिश्रित तरकारी तथा खाद्यवस्तुको जानकारी, कृषि क्षेत्रको विकास र यो पेशालाई सम्मानित बनाउन नसकिएसम्म परनिर्भरता बढिरहन्छ”,उपाध्यक्ष बुढाले भन्नुभयो, “त्यसैले कृषि र युवा रोजगारसँग केन्द्रित कार्यक्रमलाई प्राथमिकताका साथ लैजान सकेमात्र हाम्रो आत्मनिर्भरता बढ्छ ।”यसका लागि किसानलाई कृषि पेशामा लाग्न उत्साह हुने वातावरण सबै तहका सरकारले सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य