2026-07-09 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु “एक व्यक्ति एक खाता”

2019-07-14

असार २९, धनगढी | एक व्यक्ति एक खाता‘कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति बमोजिम सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु गरिएको छ । 

  प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रत्येक नागरिकलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले अभियानको थालनी गरेको हो । शनिबार यहाँ आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तिका सार्वजनिक गर्दै वित्तीय साक्षरता अभियान प्रारम्भ गर्नुभयो ।

अभियान अन्तर्गत प्रदेशका सबै ८८ वटा स्थानीय तहका लक्षित वित्तीय संस्था र स्थानीय तह, समुदायमा यो अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । ‘अभियान अन्तर्गत प्रत्येक नागरिकलाई हाते पुस्तिका उपलब्ध गराएर सचेतना फैलाउन लागिएको छ, बोहराले भन्नुभयो, “यसवाट नागरिकलाई बैंक खाता खोल्न उत्प्रेरित गराई आर्थिक गतिविधि तर्फ डो¥याउन टेवा पुग्ने छ ।”

 वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तिकामा बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा, पूँजी बजार, खाता खोल्ने, कारोवार गर्ने, लगायतका विषयमा विस्तृत जानकारी दिइएको छ । पुस्तिकाको अध्ययनले वित्तीय अनुशासन कायम गर्न तथा आर्थिक कानूनी ज्ञानसमेत प्रदान गर्नमा योगदान पु¥याउने विश्वास गरिएको छ ।

मन्त्रालयका सचिव गोपालप्रसाद अर्यालले पुस्तिकामा वित्तीय साक्षरता सम्बन्धी विभिन्न ५८ वटा प्रश्नको जवाफ उल्लेख गरिएकोले यसवाट वित्तीय अभ्यासलाई सशक्तीकरण गर्न मद्दत पु¥याउने बताउनुभयो । प्रदेशका ८८ स्थानीय तहमध्ये छ वटामा स्थानीय तहमा बैँक तथा वित्तीय संस्थाको पहुँच पुग्नसकेको छैन । 

सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरताको अवस्था कमजोर रहेको छ । कूल जनसङ्ख्याको ६० प्रतिशत भन्दा बढी जनसङ्ख्या वित्तीय पहुँच भन्दा बाहिर रहेको अनुमान गरिएकोमा बाहिर रहेका नागरिकलाई वित्तीय पहुँचमा पु¥याउन जरुरी रहेको मन्त्री बोहराले बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो