२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा पढाई छाड्दै सुस्त श्रवण विद्यार्थी

२९ असार २०७६, आईतवार ११:५१

विमलबहादुर  विष्ट | असार २९, डोटी  | जोरायल गाउँपालिका–२ को रामपुर माध्यमिक विद्यालय बुडरमा अध्ययनरत सुस्त श्रवण कक्षाका विद्यार्थी पढाइ छोड्दै छन् । विगत लामो समयदेखि थप कक्षा सञ्चालन नहुँदा उनीहरु बीचमै पढाइ छोड्न बाध्य भएका हुन् । 

सो विद्यालयको कक्षा १ देखि ८ सम्म सुस्त श्रवण भएका विद्यार्थीहरुका लागि साँकेतिक भाषामा पठनपाठन हुँदै आएको छ । उपल्ला कक्षामा पढ्नका लागि सुदूरपश्चिम प्रदेश बाहिर जानुपर्ने बाध्यता आइपरेपछि उनीहरु पढाइ छोड्दै छन् ।

जोरायल गाउँपालिका–२ बुडरका शिक्षक चन्द्रबहादुर भण्डारीले भन्नुभयो, “बुडरमा जम्मा ८ कक्षासम्म मात्रै पढाइ हुन्छ, थप पढ्नका लागि सुस्त श्रवण भएका विद्यार्थीलाई जिल्ला बाहिर जानुपर्ने भएकाले उनीहरु पढाइ छोड्न बाध्य भएका हुन् ।”

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सुस्त श्रवण भएका विद्यार्थीका लागि कक्षा ५ सम्म साँकेतिक भाषाको पठनपाठन हुदै आए पनि कक्षा ६ देखि ८ सम्म रामपुर माध्यमिक विद्यालय बुडरमा सुस्त श्रवण कक्षा सञ्चालित रहेको छ । रामपुर माध्यमिक विद्यालय बुडरमा २०५२ सालदेखि २०५९ सालसम्म प्राथमिक तह र २०६० सालदेखि कक्षा ६ देखि कक्षा ८ सम्म पठनपाठन सञ्चालन हुँदै आएको छ । 

नेपाल सरकारको पूर्ण सहयोगमा सञ्चालित उक्त सुस्त श्रवण कक्षामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट ३५ छात्र र ३२ छात्रा गरी कूल ६७ विद्यार्थीहरु सो विद्यालयमा अध्ययन गरिरहेको रामपुर माविअन्तर्गत सुस्त श्रवण विद्यालयले जनाएको छ । रामपुर मावि बुडरमा कक्षा ८ सम्ममात्र अध्ययन अध्यापन हुने भएकाले कक्षा ९ देखि काठमाडौँ पोखरा, भइरहवा, गोरखा, बागलुङ, विराटनगरलगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको छ ।

उक्त विद्यालय प्रदेशस्तरीय भए पनि स्थानीयस्तरमा सुस्त श्रवणका लागि थप कक्षा सञ्चालन नहुँदा विद्यार्थीको शैक्षिक प्रगतिमा बाधा पुगेको छ । 

रामपुर मावि बुडरमा सुस्त श्रवणका लागि थप कक्षा सञ्चालन गरिनुपर्ने माग हुन थालेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “थप कक्षा सञ्चालनका लागि सुस्त श्रवण भएका विद्यार्थीका अभिभावकबाट माग भएको छ, तर विद्यालयसँग आयस्रोत छैन, अरु कसैले सहयोग गरेका छैनन, कसरी थप कक्षा सञ्चालन गर्नु भन्ने चिन्ता छ ।” 

थप कक्षा सञ्चालनका लागि विद्यालयसँग माग गर्ने गरेकाले आफूले गाउँपालिकालगायत अन्य विभिन्न निकायसँग अनुरोध र पहल गरिरहेको प्रधानाध्यापक बोगटीले बताउनुभयो । नेपाल सरकारको सहयोगमा सुस्त श्रवण विद्यार्थीका लागि पुस्तक, स्टेशनरी, औषधि, खाना, नास्ता तथा पूर्ण आवासको व्यवस्था गरिएको छ । उनीहरुका लागि ३ शिक्षक र २ शिक्षिका गरी कूल ५ जना साङ्केतिक भाषाका तालीम प्राप्त स्रोत शिक्षक कार्यरत छन् । 

जोरायल गाउँपालिकाले रामपुर माविमा रहेको सुस्त श्रवण विद्यालयमा थप कक्षा सञ्चालनका लागि पहल गर्ने भएको छ ।  गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भन्नुभयो, “सुस्त श्रवणका लागि खोलिएको उक्त विद्यालयमा थप कक्षा सञ्चालनका  गर्न पहल गर्दैछौँ, चाँडै समस्या समाधान हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य