2026-09-07 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति विस्थापित भएका हुन् ।

अविरण बर्षाको कारण तराईका विभिन्न जिल्लाका अधिकांश स्थान डुबानमा परेका छन् । डुवानमा परेका स्थानहरुमा हेलिकप्टर प्रयोग गरेर राहत तथा उद्धारको काम भईरहेको छ । बाढी तथा पहिरोका कारण देशभरिका बिभिन्न स्थानमा ११ वटा मार्ग अवरुद्ध भएका छन् । पानीको बहाव उच्च भएकाले आइतवार बिहान कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका थिए ।

बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी खटाइएको छ । आइतबार दिउसोसम्म २५ सय जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार उपत्यकामा ८ जना र पूर्वी नेपालको भोजपुर जिल्लामा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै ओखलढुङ्गामा चार, खोटाङ, काभ्रे, सिन्धुली र मकवानपुरमा तीन‍-तीन जना, झापा, बारा, धनुषा, धादिङ र डोल्पामा दुई-दुई जना तथा इलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, चितवन, पाल्पा र दाङमा एक-एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको विपद व्यवस्थापन कक्षमा स्थापना गरिएको आपतकालीन कार्यसञ्चालन ९सूचना० केन्द्र । यसबाट नारायणी लगायतका नदीहरुको बाढी तथा मौसम पूर्व सूचना प्राप्त गर्न सहज भएको छ । तस्वीरः मोहन पौडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित