२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलालीको रानी–जमरा मूल नहरको परीक्षण

१ श्रावण २०७६, बुधबार ०८:५९

साउन १,  कैलाली  | कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ ।

जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको चिसापानीमा निर्माण भएको आयोजनाको मुहान (इन्टेक)का आठ वटा पानी नियन्त्रण गर्ने ढोकामध्ये तीन वटा ढोकाबाट परीक्षणका रुपमा मङ्गलबार पानी सञ्चालन गरिएको छ । आठ वटा ढोकामध्ये पाँच वटामा भने ‘वैस्टिङ’ (गेट उचाल्ने र बन्द गर्ने उपकरण) जडानको काम जारी रहेको छ । 

“मूल नहरमा परीक्षणका रुपमा पानी सञ्चालन ग¥यौँ”,आयोजना प्रमुख मधुकर रानामगरले भन्नुभयो, “मुहानबाट मूल नहरमा पानी चलाए पनि दक्षिणतर्फको फिडर नहरमा विद्युत् आयोजना निर्माणाधीन हुँदा छोडिएको पानी परम्परागत कुलोमा नै पठाएका छौँ ।”

आयोजनाको मुहानमा स्वचालित प्रणालीबाट चाहेको समयमा पानी छोड्ने र बन्द गर्ने उपकरण जडानको काम निकट भविष्यमा सम्पन्न हुने जनाइएको छ । इन्टेकबाट पश्चिमतर्फ जाने आठ दशमलव आठ किलोमिटर मूल नहरको निर्माणको काम पूरा भइसकेको छ । 

मूल नहरको दक्षिणतर्फको सहायक नहर दश दशमलव ५० किलोमिटर लामो छ । यस्तै लम्कीतर्फको विस्तार नहर १४ दशमलव सात किलोमिटर लामो रहेकामा छ किलोमिटर लामो पक्की नहर निर्माण भइसकेको छ । 

लम्की विस्तारतर्फको बाँकी भागमा मानव बस्ती रहेकाले सो क्षेत्रमा जग्गाको मुआब्जा वितरणको काम शुरु गरिएको छ । लम्की विस्तार नहरतर्फ पश्चिमको पथरैया नदीसम्म (कूल १४ दशमलव सात किलोमिटर) निर्माण गरिने लक्ष्य छ ।

दक्षिणतर्फको फिडर नहरमध्ये रानीको इन्टेकसम्मको नहर निर्माण पूरा भएको छ । दक्षिणतर्फको फिडर नहरको भागमा निर्माणाधीन चार दशमलव ७१ मेगावाटको विद्युत् आयोजना चालू वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ ।  

विश्व बैंकको ऋण सहयोग, नेपाल सरकारको लागत र जनश्रमदान समेतबाट विसं २०६६ देखि निर्माण शुरु गरिएको यो आयोजनाको पहिलो चरणको निर्माणको काम आर्थिक वर्ष २०७४-७५ मा पूरा भई आव २०७५-७६ बाट दोस्रो चरणको काम शुरु भएको हो । 

आयोजना निर्माणको काम आगामी चार वर्षपछि सन् २०२३ मा पूरा गर्ने लक्ष्य लिइएको छ । शुरुको अवस्थामा यो आयोजना आव २०७३-७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो । मूल नहरको रेखाङ्कनमा परेको मुक्तकमैया बस्तीको स्थानान्तरण, रुख कटानीको प्रक्रियामा भएको ढिलाइलगायतका कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको हो । 

आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र आसपासका झण्डै २० हजार ३०० हेक्टर जग्गामा सिंँचाइ सुविधा पुग्ने बताइएको छ । आयोजना निर्माणसँगै जिल्लाको पूर्वी क्षेत्रमा कृषि उत्पादन वृद्धिसम्बन्धी विभिन्न क्रियाकलापसमेत भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य