२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जीर्ण बन्दै कर्णाली पुल

१ श्रावण २०७६, बुधबार १०:२७

साउन १, लम्की | कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानीस्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने कर्णाली नदीको पुल जीर्ण बन्दै गएको छ । 

पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको हो । एउटा मात्रै पिल्लरमा निर्मित केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमूना पुल भएका कारण पनि कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै आएको छ ।

२०४९ सालमा निर्माण भएको यो पुल निर्माण भएपश्चात् अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन । “पुलका कतिपय ‘नट बोल्टहरु’खुल्दै गएका (हल्लिएका) छन् भने ‘सपोर्टिङ’केबुल तार चुँडिएका छन्”,स्थानीयवासी मोहन खाँडले भन्नुभयो, “मर्मतसम्भार तथा रङरोगनको अभावमा पुलका विभिन्न भागमा खिया लागेको छ ।”

तत्कालीन माओवादी द्वन्द्वका क्रममा चिसापानीमा लडाकू र सेनाबीच भीडन्त हुँदा पुलका विभिन्न भागमा गोली लागेर क्षति भएको थियो । गोली लागेर प्वाल परेका निशान अहिले पनि देख्न सकिन्छ । जसका कारण पुल कमजोर बन्दै गएको छ । 

पुलको पूर्वतर्फका तीनवटा तार हावा चल्दा अस्वभाविक रुपमा हल्लिने गरेको लम्की उद्योग वाणिज्य सङ्घका महासचिव लव शाहीले जानकारी दिनुभयो । उहाँले पुलको ब्यालेन्स हेर्नका लागि तारमा जोडिएका ‘बल’समेत खस्न थालेको बताउनुभयो । “नियमित मर्मतसम्भार र रङरोगन नहुँदा पर्यटकीय महत्व बोकेको कर्णाली पुल जीर्ण बन्दै गइरहेको छ”,महासचिव शाहीले भन्नुभयो, “समयमै मर्मतसम्भार हुन नसके कुनै दिन ठूलो दुर्घटना हुन बेर छैन ।”

चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । नेपालका विभिन्न जिल्लासहित भारतको उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न शहरबाट समेत भारतीय नागरिक चिसापानी पुल हेर्न आउने गर्दछन् । उनीहरु एशियाकै नमूना पुल हेर्नका लागि स–परिवार चिसापानी आउने गरेको बताउनुहुन्छ । चिसापानी आउने कर्णाली पुलमा फोटो खिच्न, कर्णालीको चिसो हावामा रमाउन र कर्णालीका माछाको स्वाद लिनकै लागि यहाँ आउने गर्नुहुन्छ । “चिसापानी आउनेहरु कर्णाली पुलमा एउटा तस्वीर नखिची फर्कन मान्दैनन्”,स्थानीयवासी नेत्र जैसीले भन्नुभयो, “यहाँ आउने कर्णालीको माछा खाएर मात्र जाने चलन छ ।”सुदूरपश्चिम प्रदेशबाट पूर्व जाने लामो तथा छोटो दूरीका सवारीसाधन होस् या पर्यटक चिसापानीमा एक छाक खाना खाने योजना बनाउँछन् । जसका कारण चिसापानीमा होटल व्यवसाय राम्रो चलेको जैसीले बताउनुभयो । 

सरकारले चिसापानीलाई पर्यटकीय क्षेत्रसमेत घोषणा गरेको छ तर पछिल्लो समयमा पुल जीर्ण बनेपछि आकर्षण हराउँदै गएको स्थानीय होटल व्यवसायी नवीन भुजेलले बताउनुभयो । भुजेलले पुलको सुन्दरता हराएसँगै चिसापानीको महत्वसमेत सङ्कटमा पर्ने खतरा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य