2026-09-13 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाका कैदीबन्दी स्वरोजगार बन्दै

साउन २, रोल्पा  | रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । 

उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा बनाउने तालीम दिएको थियो । त्यसअघि टोपी बुन्ने तालीमसमेत लिइसकेका उनीहरुका लागि ढाका टोपी बुन्ने र मुढा बनाउनका लागि मेशिन औजारसमेत हस्तान्तरण गरिएको थियो । सामग्री पाएका उनीहरुमध्ये अधिकांशले आफ्नो कामलाई निरन्तरता दिइरहका छन् भने कतिपय कैदीबन्दीहरु काम नगरी त्यतिकै बसेका छन् । कारागारभित्र सिकेको सीपले कैद भुक्तानपछि पनि जीविकोपार्जनमा मद्दत गर्ने भएकाले आफूले कामलाई निरन्तरता दिएका कैदीबन्दी तुलाधर घर्ती मगरको भनाइ छ ।

मिहिनेत र परिश्रम गरी कारागारभित्र उत्पादन गरेका मुढालगायत विभिन्न सामाग्रीले सोचेजस्तो बजार नपाउँदा कहिलेकाहीँ नैराश्यता बढ्ने गरेको कैदीबन्दी ईश्वर महराले बताउनुभयो । “आफूहरुले उत्पादन गरेको सामग्रीको प्रचारप्रसार हुन नसक्दा बजारीकरणको समस्या भएको हुन सक्छ”,महराले भन्नुभयो ।

कारागार बसाइलाई सहज बनाउन पनि यस्ता सीपमूलक क्रियाकलापले सहयोग गर्ने प्रजिअ लक्ष्मण ढकालको भनाइ छ । “कारागारलाई सुधारगृहका रुपमा विकास गर्न यस्ता सीपमूलक तालीमले सहयोग गर्न सक्छन्”, प्रजिअ ढकालले भन्नुभयो । सीपलाई सदुपयोग गरी आयआर्जन लाग्नुपर्ने प्रजिअ ढकालको सुझाव छ । 

जिल्ला  कारागार रोल्पामा हाल ६ महिला र ७४ पुरुष गरी ८० जना कैदीबन्दी रहेको इञ्चार्ज ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

बजारको व्यवस्थापन हुन नसक्दा कैदीबन्दीले बनाएका यी विभिन्न सामग्रीहरुले उचित मूल्य पाउन सकेका छैनन् । कारागार आसपास वा बजारको अन्य क्षेत्रमा समेत बिक्री वितरण कक्षको व्यवस्था गर्न सके जेलजीवन बिताइरहेका कैदीहरुको मनोबल बढ्नाका साथै उनीहरुको श्रमले मूल्य पाउने थियो । यसतर्फ ध्यान जान जरुरी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन