२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा सडक पुगे पनि हवाई यात्रामा उस्तै चाप

३ श्रावण २०७६, शुक्रबार ०७:१४

साउन ३, डोल्पा  | डोल्पालाई सडक सञ्जालले जोडे पनि हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुको चापमा कमी आएको छैन । 

जुफालस्थित विमानस्थलमा नेपाल वायुसेवा निगम, तारा एयर, समिट एयर र सीता एयरले उडान भर्ने गरेका छन् । जति जहाजले उडान भरे पनि यात्रुको चाप भने थेगी नसक्नुभएको युना ट्राभल्सका प्रतिनिधि श्रीया डाँगीले बताउनुभयो । 

जाजरकोट–डोल्पा सडक सञ्जालभित्र अस्थायी कटान सकिए पनि सडकको स्तरोन्नति र पुल निर्माण नभएकाले हवाईमाध्यमबाट यात्रा गर्नेको सङ्ख्य दैनिक बढिरहेको छ । औषधि, अन्य सामग्रीसमेत जहाजमार्फत नै ढुवानी हुँदै आएको भिजिट कर्णाली टुर एण्ड टा«भल्सका प्रतिनिधि बालकृष्ण डाँगीले बताउनुभयो । 

मौसम राम्रो हुनेबित्तिकै दैनिक तीन वटाभन्दा बढी उडान भर्ने गरेको नेपाल वायु सेवा निगमका जुफाल स्टेशन इञ्चार्ज सुमन विसीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी, औषधि र आवश्यक काम सबै हवाईमाध्यमबाट हुने गरेको छ ।”सडक सञ्जालमा पुल निर्माण नभएका कारण सास्ती भोग्ने र दुःख पाउने भएपछि डोल्पा जाने र आउने यात्रु हवार्ईमार्गमार्फत यात्रा गर्न बाध्य छन् । वर्षायाममा खोेलामा पानीको मात्रा बढेका कारण ठाउँ, ठाउँमा यातायातका साधन फेर्नुपर्ने बाध्यताले गर्दा थप समस्या भएको डोल्पा ठूलीभेरी नगरपालिका– ६ का लक्ष्मीचन्द्र कार्कीले बताउनुभयो । जाजरकोट–डोल्पा सडकखण्डमा एक दर्जन पुल निर्माण गर्न बाँकी छ । डोल्पा आउने अधिकांश पर्यटक हवाईमार्गमार्फत नै आउने गरेका छन् । त्रिपुरासुन्दरी दर्शनदेखि उपल्लो डोल्पा, शे–फोक्सुण्डोमा जाने पर्यटक सबै हवाईमार्गमार्फत आउने गर्दछन् । जुफाल विमानस्थल स्तरोन्नतिको काम सम्पन्न भए पनि अहिले यात्रा थप सजिलो भएको छ । जुफाल विमानस्थलमा एक्स–रे मेसिन नहुँदा सुरक्षा जाँचमा समस्या भएको विमानस्थलका सुरक्षा प्रमुख कमल शाहले बताउनुभयो । 

हातले छामेर, हेरेर दैनिक हवाईमार्गमार्फत पठाउने सामग्रीको जाँच हुँदै आएको छ । यसले सुरक्षा चुनौती भएको उहाँको भनाइ छ । डोल्पाबाट नेपालगञ्जका लागि रु पाँच हजार ११० हवाई भाडा लाग्ने गर्दछ । 

यातायातका साधनमा यात्रा गर्दा नेपालगञ्जबाट डोल्पा आउन रु पाँच हजारभन्दा बढी लाग्ने गरेको प्रचण्डविक्रम शाहीले बताउनुभयो । दश ठाउँभन्दा बढी स्थानमा यातायातका साधन बदल्नुपर्ने बाध्यता भएको शाहीले बताउनुभयो । 

जुफालबाट दुनै जानका लागि रुपगाड खोलाको पुल नहुँदा यात्रुले थप सास्ती भोग्दै आएका छन् । जहाजको टिकट पाउनका लागि पनि ठूलै युद्ध जिते झैँ हुने गरेको उहाँले बताउनुभयो । 

सरकारले यो आर्थिक वर्षमा यो सडक खण्डको स्तरोन्नति र पुल निर्माणका लागि विशेष पहल गरिरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । पहिलो चरणमा ट्र्याक खोल्ने काम पूरा भएको छ, अब स्तरोन्नति र पुल निर्माणमा ध्यान केन्द्रित हुने उहाँले बताउनुभयो । 

आज नै पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडीले सडक अनुगमन गर्नुभएको छ । उता सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले सडकको काम जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो