२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण

२०७६, ३ श्रावण शुक्रबार ०९:४५

साउन  ३, तनहुँ  | तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण भएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि तनहुँका १० स्थानीय तहका ६६ स्थानमा हेलिप्याड निर्माण भएको हो । 

ठूलो विपद्को घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पु¥याउन हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । “विपद्का बेला तत्कालै सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको हो”,उहाँले भन्नुभयो ।

सरकारले आर्थिक वर्ष ०७५-७६ को बजेट तथा कार्यक्रममा विपद् व्यवस्थापन र खोज उद्धारकार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि प्रत्येक स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने उल्लेख गरेको थियो । 

सोही निर्णयबमोजिम जिल्लास्थित भिमाद नगरपालिकामा सात, आँबुखैरेनी गाउँपालिकामा ६, व्यास नगरपालिकामा ९, शुक्लागण्डकी नगरपालिकामा ८, भानु नगरपालिकामा १२, देवघाट गाउँपालिकामा ६, रिसिङ गाउँपालिकामा ५, घिरिङ गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ४ र बन्दीपुर गाउँपालिकामा ६ ठाउँमा हेलिप्याड निर्माण गरिएको प्रजिअ पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार भिमाद नगरपालिका–२ को थुम्सिङ, करङश्वारा, खोराकी, ८ को कोखे, ४ को पार्वती मावि, १ को काउले र ५ को घारुङभञ्ज्याङमा हेलिप्याड निर्माण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–१ को मित्रता मावि, २ को ढकालटार, ३ को रामशाह मावि, ४ को पावरहाउस मावि, ५ को भुजुवा सतिडाँडा र ६ को हिलेखर्कमा हेलिप्याड निर्माण गरिएको छ । 

त्यस्तै व्यास नगरपालिका–१४ को केशवटार उमावि, ७ को बोटेटार, १२ को कर्लुङ, ११ को धानगोदाम, ८ को वडा भवन र पुलिमराङ, ६ को शिशाघाट, ३ को जिल्ला प्रशासन कार्यालय अगाडि, ५ को कृष्णदल गण चापाघाट व्यारेक र १ को निर्मल मावि प्राङ्गणमा हेलिप्याड निर्माण गरिएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–१ को गैछीश्वारा र अन्तरराष्ट्रिय युवा वर्ष प्रावि, १२ को जनप्रेमी उच्च मावि, ११ को आधारभूत मावि, ४ को नगरपालिका प्राङ्गण, श्री नं ३ बाहिनी अड्डा, ५ को झरौटा र २ को एक्लेखेतमा हेलिप्याड निर्माण गरिएको छ । भानु नगरपालिका–२ को मनकामना गण, १ को भन्सार खेलमैदान, ९ को काउरेटार र कालिका बहुमुखी क्याम्पस, ८ को मनोहर मावि प्राङ्गण, ७ को वसन्तपुर, १३ को ठूलोढुङ्गा खेलमैदान, ११ को मायाकु राष्ट्रिय मावि, १२ को अर्चले खेल मैदान र १ को हात्तीचौर व्यारेकमा हेलिप्याड निर्माण गरिएको छ ।

यसैगरी देवघाट गाउँपालिका–४ को पार्वती मावि, ३ को वडा कार्यालय नजिक, ५ को केरीफाँट र पिपलटार, २ को कोटवैदी र डिही, रिसिङ गाउँपालिका–१ को शुक्ला मावि र शहीद गङ्गा मावि प्राङ्गण, ७ को पोखरीभञ्ज्याङ, ४, ८ को बडगाउँ र ५ को सुशेभञ्ज्याङ, घिरिङ गाउँपालिका–१ को अत्रौली, ५ को वडा भवन, ४ को गड्यौलीमा हेलिप्याड निर्माण गरिएको प्रजिअ पण्डितले जानकारी दिनुभयो ।

त्यस्तै म्याग्दे गाउँपालिका–४ को गणेश मावि, ७ को तिलाटार, २ को पिपलडिही र ३ को सुरौदीखोला तट र बन्दीपुर गाउँपालिका–४ को टुँडीखेलमा हेलिप्याड निर्माण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो