२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेफर्ड कलेजमा मिडिया शिक्षाबारे बहसः पत्रकारिताको उच्च शिक्षामा जोड

३ श्रावण २०७६, शुक्रबार १६:१५

साउन ३, काठमाण्डौ । व्यावसायिक पत्रकारिताको लागि अनिवार्य रुपमा पत्रकारिताको उच्च शिक्षा अध्ययन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

आमसञ्चार र पत्रकारिता सम्बन्धी उच्च शिक्षा पठनपाठन गरिरहेको काठमाडौं वानेश्वरको सेफर्ड कलेजले कलेजमा आज आयोजना गरेको मिडिया शिक्षाको अवस्था विषयक अन्तरक्रियाका सहभागीहरुले उक्त आवश्यकता औल्याएका हुन् ।    सो अन्तक्र्रियामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेशराज आर्चायले नेपालमा मिडिया पढ्नुपर्ने बिषय हो की हैन भन्ने कुराको बहस अहिले पनि चलिरहेको छ भन्नुभयो । उहाँले पत्रकारिता पढेर हैन परेर गर्ने कुरा हो भन्ने बुझाई भएको कारण यसको महत्व कम देखिएको तर बिस्तारै सबै क्षेत्रमा यसको आवश्यकता महसुस हुन लागेको बताउनुभयो ।


उहाँले कतिपय सरकारी जागिरमा पत्रकारिता पृष्ठभूमीका कर्मचारीको आवश्यकता देखिने गरे पनि लोकसेवाका विज्ञापनहरुमा प्राथमिकता नदिएकोले त्यसतर्फ सम्बन्धित पक्षको ध्यान पुराउन जरुरी रहेको बताउनुभयो ।

महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता पढेर पत्रकारिता मात्रै गर्नुपर्ने बुझाई नै गलत भएको भन्दै आम सञ्चार अध्ययनले अन्य क्षेत्रहरुमा समेत सहयोग पुग्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा पत्रकार जगत नेपालले पत्रकारको सामाजिक सुरक्षाको अवस्था पनि कमजोर भएको कारण पत्रकारिता शिक्षा र शिक्षा पश्चात व्यावसायिक पत्रकारितामा आर्कषण कम भएको बताउनुभयो ।


कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, पत्रकार विजय पौडेल, अविरल थापा, भीम गौतम, जुनारवावु बस्नेत, रविन पोखरेल लगायतले पत्रकारिता शिक्षाको आवश्यकता र व्यावसायिक पत्रकारितामा यसको भूमिका र अवस्थाको बारेमा आआफनो धारणा र सुझाव राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य