2026-09-19 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब युट्युबमा नयाँ फिचर, भिडियो नहेरी गीतमात्र सुन्न पाइने

साउन ४, एजेन्सी | भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । यो फिचर प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । 

यो नयाँ फिचर अनुसार अब युट्युबमा प्रिमियम प्रयोगकर्ताले युट्युबमा कुनैपनि गीतको भिडियो हेर्ने कि गीतमात्रै सुन्ने भन्ने कुरा रोज्न पाउनेछन् । साथै कमजोर वाइफाइ तथा मोबाइल इन्टरनेट नेटवर्क भई युट्युबमा भिडियो खुल्न कठिनाई झेल्नुपर्ने अवस्थामा समेत यो फिचरले निक्कै सहज बनाउनेछ । किनकी अब गीतमात्र सुन्नका लागि युट्युबमा भिडियो चलाउनु पर्नेछैन । भिडियो हेर्ने कि गीतमात्र सुन्ने भन्ने कुरा चाहेको बेला प्रयोगकर्ता आफैले रोज्न सक्नेछन् । 

यो फिचर जारी भएपछि अब म्युजिक प्लेयरमा माथिपट्टि एक बटन उपलब्ध छ । त्यसमा क्लिक गरेर बजिरहेको गीतको अडियो मात्र सुन्ने कि भिडियो पनि हेर्ने भन्ने कुरा रोज्न सकिन्छ र आफुलाई मन लागेको बेला अडियो वा भिडियो फम्र्याटमा परिवर्तन गर्न सकिनेछ । यो फिचरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसले गीतलाई रियल टाइममा स्विच गर्दछ ।

केही समयमै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने युट्युबले जनाएको छ । यो फिचरको मज्जा लिनका लागि तपाइँको एन्ड्रोइड वा आइओएस डिभाइसमा युट्युब म्युजिक एपको लेटेस्ट भर्सन डाउनलोड वा अपडेट गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई