2026-10-23 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीको बेडरुममा सिसिटिभी क्यामरा, सासुले गर्थिन् २४ घण्टै निगरानी

एजेन्सीको सहयोगमा | संसारमा अनेक प्रकारका घटना घट्छन्, यस्तै घटना घटेको छ भारतमा । भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । कारण यो थियो कि उनका श्रीमानले घरभरी नै आफ्नो श्रीमतीलाईइ नियन्त्रणमा राख्नको लागि सिसिटिभी क्यामरा जोडेका थिए ।

इन्डियन एक्सप्रेसको समाचार अनुसार पश्चिमी भारतको त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । जहाँ घटनाको उजुरी दिने महिला र घरमा सिसिटिभी जोड्ने श्रीमानबीच तीन वर्ष अघि विवाह भएको थियो । श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा सिसि क्यामरा राखे । त्यो पनि चोर वा अन्य असुरक्षाको कारणले नभई आफ्नै श्रीमतीको गतिबिधि नियाल्ने नियतले उक्त सिसिटिभी राखिएको थियो । आफू सिसिटिभीको नियन्त्रणमा रहनुपरेपछि ति महिला घर छोडेर माइती गइन् । 

महिलाका अनुसार उनका श्रीमानले क्यामरा घरमा छिर्ने गेट, सासुको कोठा, बैठक कोठा र उनीहरुको बेडरुममा राखेका थिए । क्यामराको मोनिटर सासुको कोठामा फिट गरिएको थियो, जहाँबाट सासुले आफ्नो बुहारीको निगरानी गर्दथिन् । महिलाले प्रहरीलाई दिएको उजुरी अनुसार महिलालाई विवाहको केही दिनपछिदेखि दाइजोका लागि प्रताडित गर्न थालिएको थियो । विवाहका बेला दाइजोको कुरै नगरेको उनको माइतीले दाइजो नदिएको तर बिबाहपछि दाइजो मागेर श्रीमानको परिवारले दाईजोको निहुमा उनलाई दु:ख दिन थालेको थियो । त्यसपछि उनको माइती परिवारले एक पैतृक जमिन बेचेर दुई लाख भारु दाइजोस्वरुप दिएको थियो ।  

महिलाको आरोपपछि महिलाका श्रीमानलाइ सोधपुछ भयो । श्रीमानले आफू निर्दोष भएको र दाइजो माग नगरेको बयान दिए । श्रीमानका अनुसार श्रीमतीले घर छोड्ने तयारी गरिरहेको र आफूलाई जेल पठाउने धम्की दिईरहेको बयान दिए । श्रीमानको बयान अनुसार आरोप लगाउने महिलाले श्रीमानलाई र उनका आमा तथा आफन्तलाई दुर्व्यवहार गर्थिन्, त्यसकारण उनले आत्मसुरक्षाको लागि सिसिटीभी क्यामरा जोडेको बताएका छन् । उनले आवश्यक परेको बेला निर्दोष छु भनेर सावित गर्नको लागि भनेर आफूले सिसिटिभी जोडेको बताए । यस बिषयमा महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई गम्भीर अपराध बताएकी छिन् । उनले भनेकी छन् ‘कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् ? ’१७ जुलाईमा दुई पक्षको कुरा सुनेर महिला अधिकारीहरुले टि महिला र उनका श्रीमानलाई ४५ दिनको समय दिएका छन् । साथै श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने सर्त राखेको समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने