२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्युत्भार कटौतीले कैलालीको जनजीवन प्रभावित

२०७६, ५ श्रावण आईतवार १६:०१

 साउन ५, धनगढी । विद्युत्भार कटौतीका कारण कैलालीको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । उखरमाउलो गर्मी बढेका बेला पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको हो । 

“चर्को गर्मीमा बिजुली नहुँदा सास्ती खेप्नुपरेको छ”, धनगढीका  कृष्णराज जोशीले भन्नुभयो, “विद्युत् प्राधिकरणले गुनासोप्रति बेवास्ता गर्दै आएको छ ।” यहाँ भारी वर्षा नहुँदा गर्मी बढ्दै गएको छ । विद्युत्भार कटौती हुँदा उद्योग तथा व्यापार व्यवसाय क्षेत्रसमेत प्रभावित भएको छ  । “बिजुली कति बेला आउँछ केही ठेगान हुँदैन”, धनगढीस्थित कुटानी पिसानी मिलका कामदार वीरबहादुर चौधरीले भन्नुभयो ।

कुटानी पिसानी गर्न ल्याइएको धान र गहुँ पाँच दिनदेखि मिलमै थन्किएको उहाँले बताउनुभयो । धनगढी उपमहानगरपालिका र यस आसपासका क्षेत्रमा लामो समयदेखि विद्युत्भार कटौती हुँदै आएको छ । बिजुली आउने र जाने क्रम नरोकिँदा घरमा टेलिभिजन, रेफ्रिजिरेटर, इन्भर्टरलगायत विद्युतीय सामग्रीमा क्षति पुग्ने गरेको छ । 

विद्युत् प्राधिकरण धनगढी शाखा कार्यालयले भने फल्टका कारण यस्तो समस्या सिर्जना हुने गरेको जनाएको छ । बिजुली आउने जाने भइरहँदा समस्याको पहिचान हुन नसकिरहेको कार्यालयले जनाएको छ । गत जेठ २३ गते गएको हुरीबतासका कारण अधिकांश ठाउँमा बिजुलीका खम्बा भाँचिएका थिए । कतिपय ठाउँमा अझै मर्मत सम्भार हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने