२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काभ्रे: निर्माण भएको एक महीनामै सिँचाइ कुलो भत्कियो

६ श्रावण २०७६, सोमबार ०२:५८

साउन ६, काभ्रे | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ ।

एशियाली विकास बैंकको रु दुई करोड ४२ लाखको आर्थिक सहयोगमा पक्की निर्माण गरिएको सो सिँचाइ कुलो ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी एक महीना अगाडिमात्रै उपभोक्ता समितिलाई जिम्मा लगाएको थियो । बेथानचोक गाउँपालिका–५ स्थितलड्कु खोलाबाट २०३९ सालदेखि नै त्यहाँका किसानले कुलो बनाएर सिँचाइ सुविधा उपभोग गर्दै आएका छन् ।

सात किलोमिटर टाढादेखि ल्याएको सो सिँचाइ कुलोबाट बल्थली भेगका एक हजार १७२ रोपनी जमीनमा सिँचाइ पुर्याइएको छ तर करीब दुई हप्ता अगाडिदेखि परेको अविरल वर्षाका कारण कुलोमाथिबाट गएको पहिरोले कुलो पुरिनुका साथै ठाउँ–ठाउँमा भत्किए पछि त्यहाँका किसान चिन्तित बनेका छन् । “यो ठाउँको एउटै मात्रै आधार बल्थली सिँचाइ कुलो वर्षाको बाढीले बगाएर क्षति पुगेको छ ।” बल्थली सिँचाइ उपभोक्ता समितिका उपाध्यक्ष रामप्यारी केसीले भन्नुभयो, “मर्मत गर्न परेको रु दुई करोड ४२ लाख रकममध्ये रु ५० हजारको उपभोक्ता समितिबाट र बाँकी सबै ठेकेदारमार्फत सम्पन्न गरी समितिलाई जिम्मा लगाइसकेको थियो, अब फेरि बाढीले पूर्णरुपमा क्षति पुगेको छ ।”

त्यही कुलोको पानीले खेत रोपिसकेको भए पनि अब पानी आवश्यक पर्ने बेलामा कसरी कहाँबाट व्यवस्था गर्ने भन्ने चिन्ता पर्न थालेको अर्का किसान सीताराम केसीले बताउनुभयो । “कुलोको सबै भाग माथिबाट आएको बाढीले पुरिएको छ”, उहाँले भन्नुभयो, “तलबाट करीब १२÷१३ ठाउँमा पहिरो गएको छ ।” समितिका उपाध्यक्ष केसीले क्षतिको विवरण सङ्कलन गरी वडा र नगरपालिकामा आवश्यक मर्मतको लागि पेश गर्ने तयारीमा रहेको बताउनुभयो । त्यससँगै सकेसम्मको काम गर्नका लागि सबै उपभोक्तालाई अनिवार्य उपस्थित गराएर मर्मत गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

सो वडाका वडाध्यक्ष तारामान तामाङले वडाबाट मात्रै मर्मतको लागि सहयोग गर्न सम्भव नरहेकाले माथिल्लो निकायमा नै माग गर्न पहल गर्नुपर्ने बताउनुभयो । उक्त सिँचाइबाट बल्थली फाँटका किसानले आलु, धान, गोलभेँडा, काउलीलगायत सागसब्जी खेती गरी अर्थोपार्जन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की