2026-09-15 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानुनले छोडेन: २० बर्ष अघि मान्छे काटेर फरार गुरुङ समातिए

साउन ७, कास्की | कास्की प्रहरीले २० बर्ष अगाडी एकजना ब्यक्तिको हत्या गरी फरार रहेका कुमार गुरुङलाई पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाएको जनाएको छ । 

गुरुङले २० बर्ष अघि २०५६ माघ ४ गते साझँ करिव साढे ६ बजेको समयमा साविक कास्कीको घान्द्रुक गा.बि.स. वडा नं.७ बस्ने ३१ बर्षीय मन प्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरि सख्त घाईते बनाएका थिए । सोहि घटनाको चोटका कारण घटना भएको भोलिपल्ट गुरुङको मृत्यु भएको थियो । त्यतिखेर हतियार प्रहार गर्ने गुरुङ ३६ बर्षका थिए ।

घटनामा संलग्न कुमार गुरुङ घटना लगत्तै फरार भई म्याग्दी जिल्लाको बिभिन्न स्थानमा २ बर्षसम्म लुकिछिपी बसेका थिए । त्यसपछि उनि भारत तर्फ लागे । करीव १४ बर्ष उनले भारतमा बिताए । केहि बर्ष अघि उनको बुबाको मृत्यु भएपछी उनि नेपाल आएका थिए । त्यसपछि पनि उनि लुकिछिपी बस्न थालेको प्रहरीले जनाएको छ । 

कास्की जिल्ला प्रहरीले गुरुङलाई लुकिछिपी बसेको अवस्थामा यही साउन ५ गते पक्राउ गर्न सफल भएको थियो । 

माथिको तश्वीरमा: कुमार गुरुङ

गुरुङ र २० बर्ष अघि मृत्यु भएका मृतकको बिचमा २०५६ माघ ४ गते साझँ हङकङ आई.डी को बिषयलाई लिएर बिवाद सृजना भएको थियो । सोहि बिवादका कारण झगडा हुँदा कुमार गुरुङले धारिलो हतियार प्रहार गर्दा मन प्रसाद गुरुङ शख्त घाईते भएका थिए । त्यसैको भोलीपल्ट बिहान १० बजे गुरुङको मृत्यु भएको थियो ।

घटनाको बिषयलाई लिएर पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यलय कास्कीले हिरासतमा राखी थप अनुसन्धानको काम अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ