२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा राजश्व सङ्कलन वृद्धि

२०७६, ७ श्रावण मंगलवार ०९:३१

साउन ७, तनहुँ | गत आर्थिक वर्षमा तनहुँमा रु पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ राजश्व सङ्कलन गरिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । आव २०७४-७५ मा रु ८२ करोड ९७ लाख ७६ हजार ५८५ राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।  

कार्यालयका अनुसार, गत आर्थिक वर्षमा सङ्घतर्फ रु चार अर्ब ९३ करोड ६५ लाख १० हजार ६२३ र प्रदेशतर्फ १४ करोड ४७ लाख ६२ हजार ३४७ गरी कूल रु पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ राजश्व सङ्कलन भएको छ । 

जिल्लामा सबैभन्दा बढी आन्तरिक राजश्व विभागबाट रु चार अर्ब ९३ करोड ६५ लाख १० हजार राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख विष्णुहरि वाग्लेले  जानकारी दिनुभयो । 

यसैगरी गत आवमा सङ्घीयतर्फ रु सात अर्ब ४० करोड ४६ लाख १३ हजार २८१ वजेट विनियोजन भएकामा सो अवधिमा रु सात अर्ब १८ करोड ५८ लाख ६० हजार ७९२ खर्च भएको उहाँले जानकारी दिनुभयो । 

गत आवमा पूँजीगततर्फ १५ अर्ब ५३ करोड ९१ लाख २१ हजार वजेट विनियोजन भएकोमा सो अवधिमा रु १२ अर्ब ६६ करोड ५३ लाख तीन हजार ८१३ खर्च भएको छ । सङ्घीयतर्फको कूल खर्चमा स्थानीय तहको अंश रु तीन अर्ब ७८ करोड ९६ लाख ३० हजार ७६६ रहेको छ । 

यसैगरी गत आवमा प्रदेशतर्फ रु एक अर्ब ८२ करोड ८१ लाख ५६ हजार ८२५ वजेट विनियोजन भएकामा सो अवधिमा रु एक अर्ब १८ करोड ५१ लाख ३५ हजार ५७२ खर्च भएको छ । आख्तियारी ढिलो आएका कारण सङ्घको तुलनामा प्रदेशको वित्तीय प्रगतिमा कमी देखिएको कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो