2026-07-08 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भारतको लुधियानामा चोरी गर्ने आठ जना कैलाली कारागार चलान

2019-07-26

साउन १०, धनगढी | भारतकोपञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ ।

गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । 

अदालतले रु एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएकामा धरौटी बुझाउन नसकेका सोही घटनामा संलग्न योगेन्द्र विक, गणेश विक, ध्वजबहादुर विक र पुस्कर भुललाई पनि कारागार पठाइएको छ । चोरीमा संलग्न अर्का सिद्ध विकलाई साधारण तारेखमा छोडिएको छ । कान्छु सुनार भन्ने रवीन्द्र सोब, योगेन्द्र विक, सुरेन्द्र विक र नरेश सिजापतिले धरौटी बुझाएकामा यी व्यक्तिउपर थप अनुसन्धानका लागि आज राजश्व अनुसन्धान विभाग कोहलपुर पठाइएको छ ।

राज पार्कीलाई विषादी सेवन गराई बेहोस पारेर निज नन्दकिशोरको घरबाट नगद र धनमाल चोरी गरी यी व्यक्तिहरु भारतको लखिमपुर र कञ्चनपुरको पुनर्वास हुँदै नेपाल प्रवेश गरेको जनाइएको छ । यो घटनमा संलग्न अमन जोशी, कुमार भुल लगायतका थप तीन जना फरार रहेका छन् ।

चोरी गर्दा विषादी सेवन गराइएका राज पार्कीको जाहेरीमा उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो । जाहेरीपछि विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरिएको हो । “यो मुद्दामा कारागार चलान हुनेमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ल्लाका व्यक्ति रहेका छन्”,प्रवक्ता बस्नेतले भन्नुभयो, “सुदूरपश्चिममा यस्तो विषय धेरै जटिल भइसक्यो ।” 

नन्दकिशोरको घरबाट एक करोडभन्दा बढी मूल्य बरावरको धनमाल चोरी गरिएको जनाइएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन ‘इन्टरपोल‘ मार्फत आग्रह गरिएको जनाइएको छ ।

यसैबीच धनगढी उपमहानगरपालिका–२ का विद्या केसीले घाँटीमा लगाएको सुनको सिक्री जबर्जस्ती चोरी गरी लगेको आरोपमा सोही ठाउँका रामराजा शाहलाई बिहीबार पक्राउ गरिएको छ ।

यस्तै लागुऔषध ब्राउन सुगर मुद्दामा केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालय परिसरबाट हतकडीसहित फरार भएका लम्की चुहा नगरपालिकाका विक्रम चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनी असार २५ गते वकिल कार्यालय परिसरबाटै हतकडीसहित फरार भएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो