२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका होटेलहरुमा खानाको रोजाइमा फापर

२०७६, १३ श्रावण सोमबार ०६:५३

साउन १३, जुम्ला | जुम्ला जिल्लामा पुर्खाले लगाउने रैथाने बालीमध्ये एउटा होे फापर । जुम्लाका साविकका सम्पूर्ण गाविसमा धेरै उत्पादन हुने बाली फापर अहिले यहाँको स्थानीय सरकारले संरक्षणमा कुनै चासो देखाएका छैनन् ।

वर्षौंसम्म नबिग्रने विशेषगरी हिमाली र पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो फापर । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने फापरको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । 

विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा मङ्सिरको पहिलो सातादेखि कात्तिकसम्म बाली घरमा भण्डार गरिसकेपछि सर्वसाधारणले फापर लगाउने गर्दछन् । विगतमा फापर लगाइने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् । फापरको उत्पादन घट्दै गए पनि यसको माग अहिले जुम्ला सदरमुकामका ठूलो स्टार होटलमा बाह्य तथा आन्तरिक पर्यटकको खानाको रोजाइमा परेको छ । फापरको माग अहिले अत्यधिक रहेको तिला गाउँपालिकाका कृषक माने बुढाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिला विपन्न वर्ग एवं समुदायको दैनिक आहाराका रूपमा फापर रहेको थियो । अहिले भने ठ्याक्कै उल्टो भएको छ, हुने खानेको रोजाइमा फापर हुन थालेको छ ।” फापरमा मानिसको शरीरलाई आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले स्वास्थ्यका लागि पनि बहुउपयोगी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मधुमेहजस्ता रोगीका बिरामीले पनि खान हुने भएकाले बजारमा फापरको अत्यधिक माग हुने गरेको छ । 

फापरबाट केक, रोटी, ढिँडोजस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु केक पनि बनाउने गरिन्छ । फापर खेतीको सम्भावनालाई स्थानीयवासीको आयआर्जन बढाउन यहाँका आठ स्थानीय सरकारले आफ्नो प्राथमिकतामा नपारेको नागरिक समाजका संयोजक राजबहादुर महतले बताउनुभयो ।  

जुम्लाबाट तराई बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश फापर उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीको सम्भावनालाई उजागर गर्न स्थानीय सरकारले वार्षिक नीति तथा कार्यक्रममा नै समावेश गरी यसलाई प्राथमिकतामा राख्दै जानुपर्ने समय भएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । 

तिला गाउँपालिका क्षेत्र पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्य मानिन्छ । तिला क्षेत्रमा फापर उत्पादनमा अभिप्रेरित गर्ने कार्यक्रमका साथै यहाँका प्रत्येक होटलमा फापरको स्थानीय केकको परिकार राख्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागिएको अध्यक्ष योगीले जानकारी दिनुभयो ।

गाउँपालिकालाई फापरमा आत्मनिर्भर बनाउने लक्ष्यअनुरूप फापर खेतीको प्रवद्र्धन गर्न अनुदान योजना अघि सारेको गाउँपालिकाका नौ वटै वडामा एक-एक वटा फापर गोड्ने उपकरण वितरण गर्ने सोच राखिएको योगीले बताउनुभयो । गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष फापर उत्पादन गर्न किसानलाई अनुदानमा उपलब्ध गराएको कार्यक्रम समावेश भएकाले उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाका प्रवक्ता सन्तवीर रावतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी